शनिबार, मंसिर २३, २०८०

सुर्खेत–दैलेख सडक खण्ड अवरुद्ध

सुर्खेत–दैलेख सडक खण्ड अवरुद्ध भएको छ।
 |  सोमबार, कात्तिक १, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८

सुर्खेत– सुर्खेत–दैलेख सडक खण्ड अवरुद्ध भएको छ। असोज ३१ गते सुर्खेतमा भएको बस दुर्घटनामा मृत्यु भएका नारायण नगरपालिका–११ का सुशील रावत र भगवतीमाई गाउँपालिका–१ शान्ता थापा आचार्यका आफन्तले सडक अवरुद्ध पारेका हुन्। 

sagarmatha cement

पीडित परिवारले गाडी चालकलाई कारबाही, पीडित परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको माग गर्दै सडक अवरुद्ध पारेको बताएका छन्। सडक अवरुद्ध हुँदा सुर्खेत–दैलेख भएर चल्ने सवारीसाधन ठप्प भएका छन्।

पीडित परिवारले दुर्घटनापछि चालक लुकाइएको समेत आरोप लगाएका छन्। गाडी मालिक दैलेख नारायण नगरपालिका–११ का दिलबहादुर बडुवालले गाडी चलाएकै कारण बस दुर्घटना भएको भन्दै उनीविरुद्ध प्रहरीमा किटानी दिने तयारी गरेका छन्।

असोज ३१ गते दैलेखको वेस्तडाबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको मिनिबस सुर्खेतको लादेमा दुर्घटना भएको थियो। दुर्घटनामा ९ जना यात्रु घाइते भएका थिए।

प्रकाशित: Oct 18, 2021| 14:20 सोमबार, कात्तिक १, २०७८
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्