शुक्रबार, भदौ ५, २०८३

माओवादीले प्रदेश र स्थानीय सम्मेलनबारे भोलि निर्णय गर्ने

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टीको आगामी सम्मेलनबारे छलफल भएको छ।
 |  सोमबार, कात्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टीको आगामी सम्मेलनबारे छलफल भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभाग गठनका विषयका बारेमा छलफल भएको छ। 

बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बैठकमा पार्टीका बारेमा विभिन्न कुरा उठेको तर निष्कर्षमा नपुगिएको बताए। उनले स्थायी कमिटीमा उठेका कुराबारे छलफलपछि मात्रै निष्कर्षमा लैजाने बताए।

प्रवक्ता महराले भने, ‘आज स्थायी कमिटी बैठक सुरु भयो। खास गरेर आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभाग गठनका विषय प्रवेश गरेको छ, निष्कर्षमा पुगेको छैन। भोलि बिहान ८ बजे फेरि स्थायी कमिटीको बैठक बस्छ र भोलि निर्णय हुन्छ।’ 

पार्टीको अर्को स्थायी कमिटीको बैठक मंगलबार बिहान ८ बस्नेछ। मंगलबारको बैठकपछि मात्रै स्थायी कमिटीमा उठेका कुराहरुको निर्णय गरिने प्रवक्ता महराले बताए। 

प्रकाशित: Oct 18, 2021| 12:40 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...