काठमाडौं– राष्ट्रिय सम्मेलन लगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान स्थायी कमिटी बैठक बसेको हो।
बैठकमा राष्ट्रिय सम्मेलन तयारी, समसामयिक राजनीतिक घटनाक्रम, पार्टी संगठन सुदृढीकरणलगायत विषयमा छलफल जारी छ। बैठकमा अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरालगायत नेताहरू सहभागी छन्। माओवादीको राष्ट्रिय सम्मेलन पुसमा गर्ने तयारी छ।