मंगलबार, असार ३०, २०८३

‘औंला औंलामा अष्ट्रेलिया’ बिमोचन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मदन पुरस्कार विजेता युवराज नयाँघरेको नयाँकृति ‘औंला औंलामा अष्ट्रेलिया’ को विमोचन १५ गते शुक्रबार राजधानीमा एक कार्यक्रमबिच सम्पन्न भएको छ।

नियात्राकार नयाँघरे अष्ट्रेलियाको यात्राको क्रममा देखेका र भेटेका पात्रहरूलाई निबन्धमा उतारेको बताउदै मदन पुरस्कार विजेता कृष्ण धरावसीले थप्छन्, ‘यात्रा गर्न रूचाउने र यात्राका क्रममा देखिएको समाजको चित्रण निबन्धात्मक शैलीमा लेख्ने खुबी नयाँघरमा छ।’
 
साथै धरावसीले कही न कही हिडिरहने नयाँघरेको स्वभाव बताउदै पुस्तक र लेखकलाई एकमुष्ट शुभकामना व्यक्त गरेका थिए। अर्का लोकप्रिय युवा कथाकार महेश पौड्यालले किताबमाथि बोल्दै भने, ‘नेपालीहरूले अष्ट्रेलियामा बसेर गरेको संघर्ष सुखदुःख र नेपाललाई सम्झेर गरिने हार्दिकता समेटिएको छ।’
 
अष्ट्रलियाका आदिबासीहरूले गरेको संघर्ष र तिनको तिनको संरचनालाई पनि नियात्रामा उठाउन खोजिएको बताए। १८ ओटा साहित्यिक कृति लेखिसकेका नयाँघरले औंला औंलामा अष्ट्रेलिया छैंटौ नियात्रा हो । यस निबन्ध संग्रहमा ३३ थान निबन्ध रहेको छ।
 
कार्यक्रमको प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशीले गरेका थिए। कार्यक्रमलाई कवि मणि लोहनीले सञ्चलान गरेका थिए।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।