शुक्रबार, भदौ ५, २०८३

कांग्रेसलाई नयाँ अवस्थामा ल्याउन सभापतिमा मेरो उम्मेदवारी : निधि

‘बीपीले मलाई २४ वर्षकै उमेरमा नेविसंघको सभापति बन्ने सौभाग्य दिनुभयो। बीपीको त्यो विश्वासलाई डगमगाउन दिएको छैन, उहाँको सपना कमजोर हुन दिएको छैन।’
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

जनकपुरधाम– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसलाई नयाँ अवस्थामा ल्याउन आफू सभापति बन्न चाहेको बताएका छन्। निधिले आइतबार धनुषाधाममा आयोजित कार्यकर्ता भेलामा भने, ‘कतिपय साथीले कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन आफू सभापति बन्न चाहेको बताइरहनुभएको छ। पुरानो होइन म कांग्रेसलाई नयाँ अवस्थामा ल्याउन चाहन्छु।’

उनले आफूले संघीयता र गणतन्त्रको रक्षा गर्नसक्ने कांग्रेस बनाउन चाहेको पनि स्पष्ट पारे। उनले भने, ‘देशमा कांग्रेसको सरकार बनाउन म सभापति बन्न चाहेको छु।’

मधेसमा जितेका बेला देशमा कांग्रेसको सरकार बनेको स्मरण पनि उनले गरे। निधिले भने, ‘मधेसमा नेपाली कांग्रेस लगातार किन हारिरहेको छ? बीपीदेखिको अहिलेसम्मको इतिहास हेर्ने हो भने मधेसमा जितेको बेला देशमा कांग्रेसको सरकार बनेको छ।’

‘बीपीले मलाई २४ वर्षकै उमेरमा नेविसंघको सभापति बन्ने सौभाग्य दिनुभयो। बीपीको त्यो विश्वासलाई डगमगाउन दिएको छैन, उहाँको सपना कमजोर हुन दिएको छैन।’

उनले मधेसमा कांग्रेसलाई जिताउन पनि आफूलाई सभापति बन्न सबैतिरबाट आग्रह भइरहेको बताए। उनले भने, ‘पहाडका साथीहरूले मधेसमा कांग्रेसलाई जिताउन तपाईं सभापति बन्नुपर्छ भन्नुभएको छ। त्यसैले पहिले घरबाट समर्थन पाउन चाहेको छु। सभापतिमा मत दिने वातावरण बनाइदिनुहोला।’

बीपी कोइरालाले २४ वर्षकै उमेरमा आफूलाई नेविसंघको केन्द्रीय सभापति बनाएको स्मरण गर्दै उनले बीपीको त्यो विश्वासलाई डगमगाउन नदिएको दाबी गरे। निधिले भने, ‘बीपीले मलाई २४ वर्षकै उमेरमा नेविसंघको सभापति बन्ने सौभाग्य दिनुभयो। बीपीको त्यो विश्वासलाई डगमगाउन दिएको छैन, उहाँको सपना कमजोर हुन दिएको छैन।’

कम्युनिस्ट र मधेसी दललाई भोट दिएको परिणाम सबैले भोगिरहेको भन्दै उनले आगामी निर्वाचनमा कांग्रेसलाई निर्वाचित गराउनुपर्ने जिकिर गरे।


प्रकाशित: Oct 17, 2021| 18:08 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...