शुक्रबार, भदौ ५, २०८३

एमालेको वडा अधिवेशन देशभर एकै दिन

नेकपा एमालेले देशभरका सबै वडामा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

काठमाडौं– नेकपा एमालेले देशभरका सबै वडामा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ। कात्तिक ६ गते देशभरका ६ हजार ७ सय ४५ वडामा वडा अधिवेशन गर्न लागिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसारध वडा अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा गर्ने कार्यक्रम छ।

बढीमा ५ सयसम्म वडालाई जुममा जोडेर अध्यक्ष ओलीले एकैपटक भर्चुअल रुपमा वडा अधिवेशनको उद्घाटन तथा शुभकामना सन्देश दिनेगरी तयारी गरिएको तामाङले जानकारी दिए।

एमालेको १० औं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने कार्यतालिका छ। कात्तिक ६ मा वडा अधिवेशनपछि ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन गरिनेछ। 

एमाले विधानअनुसार वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरू अधिवेशनबाट निर्वाचित हुनेछन्। कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्छ।

प्रकाशित: Oct 17, 2021| 17:37 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...