शुक्रबार, कात्तिक २८, २०८२

कंगना राजनीतिमा प्रवेश गर्ने हल्लाले गर्माएको बलिउड

अक्सर चर्चामा आइरहने बलिउड अभिनेत्री हुन्, कंगना रनौत। अहिले कंगना राजनीतिमा प्रवेश गर्ने चर्चाले बलिउड गर्माएको छ।
 |  शनिबार, असोज ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३०, २०७८

काठमाडौं– अक्सर चर्चामा आइरहने बलिउड अभिनेत्री हुन्, कंगना रनौत। अहिले कंगना राजनीतिमा प्रवेश गर्ने चर्चाले बलिउड गर्माएको छ। पछिल्लो केही समय भारतीय जनता पार्टीको पक्षमा खुलेर लागेकी कंगना राजनीतितर्फ अग्रसर हुने कुरालाई कतिपयले भने स्वाभाविक रुपमा लिएका छन्। 

National life

त्यसो त भारतमा सेलिब्रेटीहरु राजनीतिमा होमिनु सामान्य परिघटना हो। अमिताभ बच्चन, सुनील दत्त, सत्रुघन सिन्हा, जया प्रदा, जया बच्चनदेखि राज बब्बरसम्मलाई विभिन्न दलहरुले उम्मेदवारका रुपमा अघि सार्दै आएका छन्। 

भारतीय कांग्रेसले चर्चित विद्यार्थी नेता कन्हैया कुमारलाई पार्टीमा स्वागत गरिरहेका बेला भाजपाले भने कंगनालाई राजनीतिमा अघि बढाउने सम्भावना देखिएको छ। पटक–पटक राष्ट्रिय चलचित्र पुरस्कार, फिल्म फेयर र पद्यश्री पुरस्कार पाएकी कंगनामा भाजपाको भावी नेतृको छवि देख्न चाहनेहरु थुप्रै छन् भारतमा।

कंगनाले हालैमात्र उत्तर प्रदेशका मुख्यमन्त्री एवं भाजपाका प्रभावशाली नेता योगी आदित्यनाथलाई भेटेपछि उनको राजनीति प्रवेशको अड्लबाजीलाई थप पुर्याएको छ। टमा योगीले कंगनालाई विभिन्न उपहार पनि दिएका थिए। त्यसैमध्येको एक थियो, अयोध्यामा राम मन्दिर निर्माणका क्रममा उत्खनन् हुँदा भेटिएको प्राचीन सिक्का। 

कंगनालाई उत्तर प्रदेश सरकारले आफ्नो महत्वाकांक्षी योजना ‘एक जनपद–एक उत्पादन’ को ब्रान्ड एम्बेसडर समेत बनाएको छ। कंगनाले पनि योगीको खुलेर प्रशंसा गर्दै उनलाई  ‘आधुनिक युगका राम’ भनेकी छन्। 

Laxmi sunrise bank
kumari

हिमाञ्चल प्रदेशकी कंगनलाई उक्त प्रदेशमा हुन गइरहेको उपचुनावमा उम्मेदवार बनाइने सम्भावना रहेको बताइछ। भाजपा सांसद रामस्वरुप शर्माको निधनपछि खाली रहेको मन्डी क्षेत्रको उपचुनावमा सिफारिस गरिएका सम्भावित उम्मेदवारहरुको सूचीमा कंगनाको नाम सबैभन्दा पहिलो नम्बरमा रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यद्यपि कंगना आफैंले भने यसबारेमा अहिलेसम्म स्पष्ट केही बताएकी छैनन्। 

कंगनाको राजनीतिक सम्भावनालाई उनको हालै प्रदर्शित चलचित्र ‘थलाइवी’सँग पनि जोडेर हेर्ने गरिरहेको छ। यो चलचित्र जयललिताको जीवनमा आधारित छ र जसमा जयजलिताको भूमिकामा कंगनाले अभिनय गरेकी छिन्। 

हालैको एक पत्रकार सम्मेलनमा कंगनालाई ‘राजनीतिमा प्रवेश गर्न लाग्नुभएको हो?’ भनेर सोधिएको थियो। जवाफमा उनले भनिन्, ‘यो सबै जनताको हातमा छ। म नेता बन्न सक्छु कि सक्दिन, त्यो मेरो हातमा छैन। जनताको सहयोगबिना कसैले पनि पञ्चायतको चुनावसमेत लड्न सक्दैन।’

जनताले आफूलाई मन पराएमा राजनीतिमा आउन सक्ने संकेत गर्दै कंगनाले थपिन्,  ‘म एक राष्ट्रवादी हुँ र देशसँग जोडिएका मुद्दाहरुमा बोल्ने गर्छु। यही कारण मानिसलाई लाग्छ कि म राजनीतिक मुद्दाका बारेमा बोलिरहेको छु। तर म एउटा नेता भएकाले यसो गरिरहेकी हैन, म एक जिम्मेवार नागरिक हुँ, त्यसैले देशका मुद्दामा बोलिरहेकी हुँ।’

भाजपासँग कंगनाको निकटता प्रस्टै देखिन्छ। बेलाबेलामा शिवसेनाको पनि आलोचना गर्न पछि नपर्ने कंगनाले अभिनेता सुशान्तसिंह राजपूतको रहस्यमय मृत्युबारे बहस सतहमा ल्याइन्। बलिउडका नाम चलेका कलाकारको धज्जी उडाउँदै उनले त्यहाँभित्र रहेको परिवारवादको पनि जमेर आलोचना गरिन्। कंगना तिनै अभिनेतृ हुन् जो किशोर उमेरमै विभिन्न कुलतमा फसेकी थिइन्। १९ वर्षको उमेरमा ‘वो लम्हे’ नामक फिल्मको सुटिङकै क्रममा उनी चुरोटको लती बनेकी थिइन्।

प्रकाशित: Oct 16, 2021| 18:55 शनिबार, असोज ३०, २०७८
प्रतिक्रिया दिनुहोस्