आइतबार, जेठ १७, २०८३

हिमाली क्षेत्रको भरपर्दो यातायात खच्चर र चौंरी

खच्चर र चौंरी याक हिमाली क्षेत्रका समुदायहरूको भरपर्दो यातायातको साधन बनेको छ। हिमाली बस्तीहरूमा सडक नपुकोपछि खच्चर र चौँरी याक नै भरपर्दो यातायातको साधन बन्न पुगेको हो।
 |  शनिबार, असोज ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३०, २०७८

ताप्लेजुङ- खच्चर र चौंरी याक हिमाली क्षेत्रका समुदायहरूको भरपर्दो यातायातको साधन बनेको छ। हिमाली बस्तीहरूमा सडक नपुकोपछि खच्चर र चौँरी याक नै भरपर्दो यातायातको साधन बन्न पुगेको हो।

National life

ताप्लेजुङ जिल्लाका हिमाली बस्तीहरूमा सडक सञ्जालले जोडिएको छैन। गाउँहरूमा भरिया पनि पाउन छोडेपछि खच्चर र चौँरी याक नै खाद्यान्न ढुवानी गर्नका लागि भरपर्दो साधन बनेको हो। यसपालिको दसैं तिहारका लागि आवश्यक खाद्यान्न सामग्री खच्चर,चौँरी र याकमार्फत ढुवानी गरिएको छ। हालसम्म सडक र यातायातको पहुँच नपुगेको क्षेत्रहरूमा पशुमार्फ दसैंको लागि खाद्यान्नसहित उपभोग्य सामग्री ढुवानी गरिएको हो।

दसैं चाड नजिकिएसँगै स्थानीयले  खाद्यान्नसहितका आवश्यकीय उपभोग्य सामग्री खच्चर र चौँरी याकहरूलाई बोकाएर ढुवानी गरेका हुन्। मामाङ्खेमा अहिलेसम्म सडक पुगेको छैन भने याम्फुदिनमा सडक ट्रयाक (मार्ग) पुगेको छ।

फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङ गोला, याङमा, र घुन्सा क्षेत्रमा र मिक्वाखोला गाउँपालिका-५ पापुङमा, तोक्पेगोला क्षेत्रमाहरूमा यातायातका साधन सञ्चालन नहुँदा खच्चर चौरी र याकमार्फत सामान ढुवानी गर्ने गरिएको स्थानीयले बताएका छन्।

पहिले देखि नै खच्चरलाई बोकाएर आवश्यकीय सामग्री ढुवानी गर्दै आएको मामाङ्खेका स्थानीय कैलास लिम्बूले बताए। सडक र यातायातको पहुँच नभएपछि खच्चरमार्फत सामग्री ढुवानी गर्नुको विकल्प नभएको लिम्बूले बताए।

Shivam cement

चाडपर्व नजिकिएसँगै यतिबेला स्थानीयले खच्चर, चौरी र याकहरुलाई बोकाएर धमाधम सामग्री ढुवानी गर्दै आएका फक्ताङलुङ गाउँपालिका-७ का स्थानीय तेन्जीङ शेर्पाले बताए। स्थानीय उपभोक्ता तथा गाउँका व्यवसायीहरूले खच्चर, चौरी र याकहरुलाई बोकाएर उपभोग्य सामग्री ढुवानी गर्दै आएको शेर्पाले बताए।

फक्ताङलुङ गाउँपालिका-६ लेलेप सम्म यातायातका साधनहरूले खाद्यान्न सामग्री ढुवानी गर्ने गर्दछ। त्यसपछि भने दुई दिन तीन दिन पैदल र्मागमा चच्चर, चौँरी र याकमार्फ ढुवानी हुने गरेको गर्दछ। सिरिजंगा गाउँपालिकाको आम्बेगुदिनको खाम्दिमे बजार तथा तेल्लोक बजारदेखि गाउँसम्म खच्चरमार्फत सामान ढुवानी गर्दै आएका छन्।

त्यस्तै, कतिपय सडकको ट्रयाक पुगेको ठाउँसम्म ट्रयाक्टरमार्फत सामान ढुवानी गरेपछि खच्चरलाई बोकाएर गाउँसम्म पुर्‍याउने गरिएको याम्फुदिनका विष्णु राईले बताए। राईका अनुसारअहिले दसैंतिहारजस्ता चाडपर्व नजिकिएकाले बढीजस्तो खाद्यान्न सामग्री ढुवानी गरिँदै आएको छ।

केही सीमित सामग्री भरियालाई बोकाएर पनि ढुवानी गर्ने गरिएको घुन्साका स्थानीय टाँसी तेन्जीङ शेर्पाले बताए।  पछिल्लो समय भरिया पाउन छाडेकाले उपभोग्य सामग्री ढुवानीमा खच्चरकै प्रयोग हुने गरेको उनीहरूले बताएका छन्। यता भरियाभन्दा खच्चरमार्फत नै सामग्री ढुवानी गर्दा छिटो हुने र ढुवानी खर्च पनि केही सस्तो पर्ने स्थानीयको भनाइ छ। -दिलकुमार लिम्बु/न्युज कारखाना


प्रकाशित: Oct 16, 2021| 13:50 शनिबार, असोज ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।