शुक्रबार, भदौ ५, २०८३

वर्तमान सरकार सट्टापट्टाबाट बनेको हो : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार बार्टर (सट्टापट्टा)मा बनेको आरोप लगाएका छन्।
 |  बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८

झापा– एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार बार्टर (सट्टापट्टा)मा बनेको आरोप लगाएका छन्। उनी आफैंले बिर्तामोडमा आयोजना गरेको दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा बिहीबार सम्बोधन गर्दै ओलीले सट्टापट्टा मिलाउने क्रममा जेठानको मामलाले चर्चा पाएको बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘जेठानको मामलाले सट्टापट्टा भएको त स्पष्ट देखियो। अरु के के भएको थियो, पछि देखिएला।’ 

उनले सरकार बनाउँदा पैसाको कारोबार भयो भएन थाहा नभए पनि बाटर सिस्टमचाहिँ देखिएको बताए। उनले भने, ‘सट्टापट्टा, खुर्सानी दिने पिठो लिने, के दिने अर्को लिने, यस्तो चलन थियो उहिलेउहिले। अहिले सरकार बनाउँदा पनि त्यस्तै देखियो।’ उनले अर्ली इलेक्सनको शंकासमेत व्यक्त गरेका छन्। संसद राम्ररी नचलेको, तीन महिनापछि मन्त्रिपरिषद् विस्तार गरेको त्यो पनि सट्टापट्टा मिलाउनका लागि भएको भन्दै निर्धारित समयअघि नै आमचुनाव हुनसक्ने शंका व्यक्त गरेका हुन्।


प्रकाशित: Oct 14, 2021| 18:53 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...