आइतबार, जेठ १७, २०८३

गाउँघरमा हराउँदै दसैंको रौनक

दिनभरी लगाएर ल्याएको माटोले पोतिन्थे घरहरू। सयपत्री र मखमलीहरू फक्रिँदै गरेका कोपिलासँग भित्रिन्थ्यो दसैं। जमरे औँशीदेखि मालाश्री गाउन थालिन्थ्यो। घटस्थापनामा जमरा राख्ने गरिन्छ। फूलपातीको अघिल्लो दिनदेखि मासुको जोहो गरिन्थ्यो ।
 |  बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८

तेह्रथुम- लिङ्गे र रोटे पिङ गाउँमा हालिन्थ्यो। रातो र कमेरो माटो खोजीका लागि सबैरै लस्कर हुन्थे गाउँका मानिसहरू। डोकोमा खाजा चाब्रे र भटमासका कोसाहरू हुन्थे।

National life


अष्टमीदेखि नवमीको दिन गाउँमा मौलो काट्ने प्रचलन थियो। नवमीको दिन हर्ष उल्लासका साथ नौमती बाजा बजाउँदै गाउँमा भएका निशानहरूमा मार हान्ने गरिन्थ्यो। घरदेखि मार हान्ने स्थानसम्म निशानलाई नौमती बाजागाजासहित पुर्‍याइन्थ्यो। तर, अहिले मार काट्ने चलन पनि हराइसकेको छ। लिङ्गे र रोटे पिङ खेल्ने कुरा त के देख्नसम्म मुस्किल छ। पछिल्लो समय बढ्दो शहरीकरण र आधुनिकताले  दसँैको मौलिकता हराउँदै गएको छ। दसैंका लागि भनेर ६ महिना अघिदेखि खाद्यन्न जोहो गरिन्थ्यो। छोरीचेलीका लागि मिठोमसिनो जुटाउनका गाउँघरमा ऐँचोपैँचो गरेरै भए पनि चाउनुपर्ने बाध्यता रहेको हमरजङका  ६६ वर्षीया डम्बरकुमारी खनालले आफ्नो अनुभन सुनाइन्। 


‘गाउँमा सबै मिलेर ढिकी जाँतोमा जान्थ्यौँ। पाक्नलाई पहँेलिएका धानको बाला काटेर चिउरा तयारी गर्नुको मजा बेग्लै थियो’, उनले भनिन्। दसैं नजिकिएसँगै चिउरा, चामल, तेलको जोहो गर्न भ्याइनभ्याइ हुन्थ्यो। खसी बोका ६ महिना अघिदेखि घरमै पालिन्थ्यो।  

Shivam cement


क्षेत्री बाहुनको घर प्रायः रातो माटोले पोतिन्थ्यो भने राई लिम्बूको घर बुट्टाले सजिसजावट हुन्थे। दसैं नजिकिँदै गर्दा गाउँमा ढिकीको आवाज सुनिन्थे, तर अहिले सबै चिज बजार आश्रित भएको छ। नयाँ लुगा लगाउन दसैं नै पर्खनुपथ्र्याे केही दशक अघिसम्म। तर, अहिले जुनै समयमा पनि नयाँ लुगा किन्ने र लगाइने गरेको छ। नयाँ लुगा लगाउने र मासु खाने पर्वका रूपमा चिनिए पनि यी दुवै चिजको सहजताले दसैंको रौनक हटेको छ। अहिले घरहरू रातो र कमेरो माटोले पोतिँदैनन्। मौलिक शैलीका घरलाई सिमेन्टबाट बनेका आधुनिक घरले विस्थापित गरिसकेका छन्। शहरदेखि गाउँसम्म आधुनिक घरहरू बनाइएका छन्। 


साना नानीहरू मावली जाने आउने रौनक पनि खासै महत्व हुन छाडेको छ।  खर्चका लागि जोहो गर्न मुग्लान पुगेका युवाहरू पनि दसैंमा घर फर्किन्थे। परिवारसँग मिठो मसिनो खाएर दसैं मनाउने प्रचलन थियो। तर, अहिले त्यस्तो छैन। गाउँगाउँ सडक सञ्जाल पुगेको छ।  साना तथा ठूला सवारीसाधान गुडिरहेका हुन्छन्। ससुराली जान छुट्याएको तीनदेखि चार दिन सवारी साधानले चार घण्टामा सीमित बनाएको रतुवामाई १० मोरङका ६९ बर्षीय डेकप्रसाद निरौलाले बताए।


‘दशै नजिकिँदै गर्दा बजारहरूमा मानिसको चहलपहल बढे पनि रौनक भने कम भइसकेको छ। ठुला चाडपर्वहरूको महत्व पछिल्लो समय हट्दै गएको छ’, निरौलाा भन्छन्। 


विजया दशमीदेखि पूर्णिमासम्म टीका लगाउने प्रचलन भने अझै हटेको छैन। आफ्ना आफन्तका जाने र आशिर्वादले थाप्दै आएका छन्। इन्टरनेटको विकास भएसँगै आफ्ना दाँैतरीहरूसँग रमाउने क्रम पनि हट्दै गएको छ। दौँतरीसँग मनको कुरा साट्नेभन्दा पनि इन्टरनेटमा भुल्न थालेका छन्। वर्षदिनको चाडपर्वमा भेट हुँदा आफ्ना दुःखसुख बाँड्ने समय पनि छैन यतिबेला। दसैंको आगमनसँगै खेतमा धान पहेंलपुर हुन्थे। पहेंलिएका धानका बाला खेतभरी झुलिन थालेपछी दसैं आएझैँ हुन्थ्यो। तर, अहिले धान फल्ने खेतहरू बाझैँ छन्। 


बजारमा आश्रित बनेका छन् गाँउघर।  बढ्दो शहरीकरणसँगै आर्थिक रूपमा सवल भएका परिवारका लागि राम्रो खान र लगाउन दसैं कुरी रहनु पर्दैन अचेल। प्रविधिको विकाससँगै शहरदेखि गाँउघरसम्म दसैंको मौलिक महत्व हराउँदै गएको छ। त्यसो त केही वर्षअघिसम्म पनि गाउँ फर्कनेको संख्या पनि बढ्दो हुन्थ्यो। तर, अहिले गाउँ नै फर्किनुपर्छ भन्ने लाग्दैन।  मुग्लान गएकाहरूलाई पनि जहाँ रहे पनि दसैं मनाउन पुग्छ भन्ने लाग्न थालेको छ। - प्रकाश पाक्साँवा/न्युज कारखाना

प्रकाशित: Oct 13, 2021| 19:30 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।