काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटा संसद् बैठकमा देखिएको अवरोध हटाउन नेकपा एमालेसँग छलफल गर्न तयार देखिएका छन्। सापकोटाले संसद चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताएका हुन्। न्युज एजेन्सी नेपालसँग बुधबार कुराकानी गर्दै उनले संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको बताए। उनले भने ‘त्यसैले म प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार छु।’
सभामुख सापकोटाले सकेसम्म आफूले तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने बताए।
‘संवादको विकल्प छैन, ढिलो चाँडो उहाँहरू संवादमा आउनुहुन्छ’, उनले भने, ‘के पक्ष के विपक्ष, सबैभन्दा बढी भूमिका त सदनको हिसाबले सभामुखको नै हो। के गर्नुपर्छ त्यसको लागि म तयार छु। तर सरकार, सभामुख, विपक्षी दलको नेताको र समस्त सांसदहरूको सबै दायित्व हुन्छ।’
मैले संविधान र खासगरी प्रतिनिधिसभाको नियमावलीमा टेकेरै आफ्ना कार्य सम्पादन गर्नुपर्छ, मैले फेरि फर्केर सबै कामको समिक्षा गर्ने कुरा हुन्छ, उहाँहरुले पनि समीक्षा गर्नुहुन्छ भन्ने आशा छ।’
आफूले ड्यासबाट नै पनि एमालेलाई संसदको गरिमा बढाउन हामी सबैको दायित्व उत्तिकै रहेको भन्दै संवादमा आउन आग्रह गरेको भनाइ सापकोटाले दोहोर्याएका छन्। उनले भने, ‘के पक्ष, के विपक्ष, सबैभन्दा बढी भूमिका त सदनको हिसाबले सभामुखको नै हो, के गर्नुपर्छ त्यसको लागि म तयार छु।’ उनले सरकार, सभामुख, विपक्षी दलका नेता र समस्त सांसदहरुको सबैको दायित्व समान हुने बताए।
उनले भने, ‘अब पनि मलाई के लागेको छ भने दसैंको अवसरमा छाैं, यो अवसरले हामी सबैमा सकारात्मक सोचको विकास होस्, हामीले यस्तो बेलामा कामना गर्ने कुरा यो हो।’ उनले सभामुखको जिम्मेवारी प्राप्त भइसकेपछि आफूले तटस्थ, निष्पक्ष र स्वतन्त्र भूमिका खेल्नुपर्ने पनि उनले बताए।
सापकोटाले भने, ‘मैले संविधान र खासगरी प्रतिनिधिसभाको नियमावलीमा टेकेरै आफ्ना कार्य सम्पादन गर्नुपर्छ, मैले फेरि फर्केर सबै कामको समिक्षा गर्ने कुरा हुन्छ, उहाँहरुले पनि समीक्षा गर्नुहुन्छ भन्ने आशा छ।’
सभामुख सापकोटाले सकारात्मक सोचका साथ संवाद थाल्न पनि उनले आग्रह गरेका छन्। उनले भने, ‘जतिसुकै ठूलो समस्या भए पनि संवादको विकल्प छैन। समन्वय, सहकार्य र समझदारी नै हो।’ उनले संसद्मा देखिएको गतिरोध कात्तिक ९ गतेसम्म अन्त्य हुने आशा पनि व्यक्त गरे।
सभामुख सापकोटाले राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएको बताउँदै विजया दशमीले सकारात्मक सोचको विकास गराउने बताए। उनले संसदलाई जीवन्त र जनमुखी बनाउन आफू पनि गुणात्मक ढंगले लागिपर्ने बताए।
‘राजनीतिमा आग्रह, पूर्वाग्रह, हुन्छ, प्रतिसोध सोच्न पनि सकिँदैन। यी सबै आग्रह पूर्वाग्रह मेटिँदै जानेछन्, सकारात्मक सोचको विकास हुनेछ। निष्कर्षमा पुग्नका लागि सबै औपचारिक, अनौपचारिक, ट्रयाक वान, टू,सबै उपाय अवलम्बन गर्न म सकेजति मिहेनत गर्दछु।’
सभामुख सापकोटाले भने, ‘राजनीतिमा आग्रह, पूर्वाग्रह, हुन्छ, प्रतिसोध सोच्न पनि सकिँदैन। यी सबै आग्रह पूर्वाग्रह मेटिँदै जानेछन्, सकारात्मक सोचको विकास हुनेछ। निष्कर्षमा पुग्नका लागि सबै औपचारिक, अनौपचारिक, ट्रयाक वान, टू,सबै उपाय अवलम्बन गर्न म सकेजति मिहेनत गर्दछु।’
सभामुख सापकोटाले संसदमा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्दै सञ्चारमाध्यममा आएको कुरा सही नभएको बताए। उनले एक किसिमले राष्ट्रका संवेदनशील विषय अगाडि बढाउन आफुले सहजीकरण गरेको बताए।
उनले भने, एक प्रकारले राष्ट्रका संवेदनशील विषयहरु अगाडि बढेका छन्, अघोषित रुपमा भने पनि बजेट होलिडे जस्तै स्थिति आएको थियो, बजेट पास भएको छ। सरकारले गाँठो फुकाउन खोजेका कुरा गाँठो फुकेका पनि छन्, तर मलाई यो लाग्दैन कि, सभामुखले नै सबै समस्या हल गर्नुपर्छ भनेर उदासीन हुनुभएको छ राजनीतिक पार्टीका नेताहरु भन्ने लाग्दैन।’
प्रकाशित: Oct 13, 2021| 13:58 बुधबार, असोज २७, २०७८