शुक्रबार, भदौ ५, २०८३

कांग्रेसमा सभापतिको हैकम चल्यो : कोइराला

नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले गुटको राजनीतिका कारण कांग्रेस पार्टी लथालिङ्ग भएको बताएका छन्।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

विराटनगर– नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले गुटको राजनीतिका कारण कांग्रेस पार्टी लथालिङ्ग भएको बताएका छन्। सभापतिको हैकम र मनोमानीले पार्टीको बिधानसमेत धूजा–धूजा पारेर च्यात्ने काम भएको समेत बताए।

“विधानको कुन धारा कति बेला निलम्बन गरिन्छ वा के थपिन्छ फेसबुक हेरेर थाहा पाउनुपर्ने अवस्था छ,” मोरङको सुन्दरहरैंचा नगर समितिका नवनिर्वाचित कार्यसमितिको पदस्थापन एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भने, “जिल्लापिच्छे फरक–फरक नियम बनाएर अधिवेशन गरिएको छ। नेतृत्वमा बसेकाहरू जसरी पनि पार्टी कब्जाको अभियानमा छन्।” 

कांग्रेसको इतिहासमा आजसम्म प्रहरीको धेराबन्दीमा अधिवेशन भएको कसैलाई थाहा नभएको बताउँदै डा। कोइराला सभापतिकै जिल्लामा सुरक्षाकर्मी लगाएर अधिवेशन गरिनु खेदजनक भएको बताए। कोइरालाले प्रधानमन्त्री र प्रधानन्यायाधीशको मिलेमतो र साँठगाँठले लोकतन्त्र खतरामा परेको बताए। लोकतन्त्रको लागि लडेको पार्टी सभापतिले नै शक्ति पृथकीकरणको सिद्धान्त कुल्चनु अत्यन्तै दुःखद भएको उनको भनाइ थियो। 


 


प्रकाशित: Oct 11, 2021| 20:32 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...