सोमबार, असार २९, २०८३

जुँगे झाँक्रीको भूत सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धादिङ-पत्रकार तथा साहित्यकार केशव दुवाडीको बालकथा संग्रह जुँगे झाँक्रीको भूत सार्वजनिक भएको छ । धादिङवेसीमा भएको एक कार्यक्रममा दुवाडीको कथा संग्रहको विमोचन भएको हो ।

जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल र प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले कथासंग्रहको संयुक्त रुपमा विमोचन गरे । 

नौ कथा समावेश भएको बालकथा संग्रह 'जुँगे झाँक्रीको भूत'का विषयमा टिप्पणी गर्दै धादिङका अग्रज साहित्यकार बद्रीप्रसाद दाहालले कथाबाट सामाजिक सन्देशका साथसाथै भरपुर मनोरञ्जन पाउन सकिने बताए । 

छोटो समयमा प्रकाशित कृतिका बारेमा टिप्पणि गर्नु ज्यादै जटिल काम भएको भन्दै दाहालले कथा सरल, छोटो र मिठो भएको बताए । 

कथाकार केशव दुवाडीले बालअधिकार र संरक्षणको क्षेत्रमा काम गर्ने क्रममा बाल साहित्यप्रति पनि रुची बढ्दै गएकाले बढेको रुची अनुसार लेखिएका कथाको समग्ररुप नै जुँगे झाँकीको भूत रहेको बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।