सोमबार, असार २२, २०८३

श्रीलंकासँग बराबरीमै रोकियो भारत

दक्षिण एसियाकै सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा भारत पुनः बराबरीमै रोकिएको छ।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

काठमाडौं - दक्षिण एसियाकै सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा भारत पुनः बराबरीमै रोकिएको छ।

पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरीमा रोकिएको भारतले बिहीबारको खेलमा भने श्रीलंकासँग गोलरहित बराबरी खेलको हो।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशामा सम्पन्‍न खेलमा ७५ प्रतिशत समय बलमा पकड बनाउँदै नौ पटक विपक्षीको पोस्टतर्फ आक्रमण बनाए पनि भारतले गोल गर्न सकेन्।

सुरुबाटै दबाब आएको श्रीलंकाले आज 'डिफेन्सिभ शैली'मा ५–४–१ को रणनीतिमा मैदान उतारको थियो। इन्डियाले सुनिल क्षेत्री र सुरेश सिंह वाङजामर्ला सेन्टरल फरवार्डको रुपमा ४–४–२ को फर्मेसनमा मैदान उतारे पनि उसले गोल गर्न नसकेको हो।

पहिलो खेलमा बंगलादेशसँग १-० ले हारेको श्रीलंकाले दोस्रो खेलमा नेपालसँग ३-२ गोलको हार बेहारेको थियो।

तेस्रो खेलमा भने बराबरीमा रोकिएको हो। यो बराबरीसँगै श्रीलंका जारी साफ च्याम्पियन्सिपबाट बाहिरिने पक्कापक्की भएको छ। श्रीलंकाको अब एक खेल बाँकी सो खेलमा उसले जित निकाले पनि चार अंक बनाउने छ। र, बंगलादेशसँग हेड टू हेडमा पछि पर्दै फाइनल पुग्‍ने छैन।

यता बिहीबारको अर्को खेलमा भने बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ। सो खेल आज राति पौने १० बजेबाट मालेको राष्ट्रिय फुटबल रंगशालामा सुरु हुँदैछ।


प्रकाशित: Oct 07, 2021| 19:04 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।