सोमबार, वैशाख ८, २०८२

एउटा विशाल ढुंगा जसले बढायो पासाङल्हामु राजमार्गमा जोखिम

ढुंगा झरेर भोटेकोसी थुनिएमा चिलिमे विद्युत् केन्द्रले निकास लिइरहेको पानी प्रवाहमा असर पुर्‍याउन सक्ने भएकाले सो ढुंगालाई समयमै व्यवस्थापन गर्न जरुरी रहेको विद्युत् क्षेत्रसँग सम्बन्धित प्राविधिकले जनाएका छन्।
 |  बिहीबार, असोज २१, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

vianetvianet

रसुवा– ठूलो ढुंगा लच्किएका कारण उत्तरी रसुवास्थित याङयाङ खोलाको पासाङल्हामु राजमार्गमा जोखिम बढेको छ। कुनातर्फ रहेको विशाल ढुंगाले माटो भागसमेत केही मात्रामा छोडी राजमार्ग सतहतर्फ दब्बिन थालेका कारण जोखिम बढेको हो। 

triton college

सदरमुकाम धुञ्चेबाट करिब १३ किलोमिटर उत्तरमा अवस्थित उक्त याङयाङ खोलाबाट मालबाहकलगायत दैनिक दर्जनौं सवारीसाधन ओेहरदोहर गर्दै आएका छन्। ढुंग लड्ने सम्भावना बढ्दै गएकाले मानवीय क्षति हुन्छ कि भन्ने जनमानसमा त्राससमेत बढ्न थालेको छ।

गोसाइँकुण्ड गाउँपालिका–५ मा पर्ने सो स्थानमा पुग्नासाथ ढुंगा पल्टिन्छ कि भन्ने डरले मोटरको गतिलाई तीव्र रूपमा अगाडि बढाउने गरेको र आफूले रसुवागढीदेखि काठमाडौंसम्म नियमित सवारीसाधन चलाइरहेको  चालक सुरेश श्रेष्ठले बताए। आफूले सवारीसाधन गुढाई ओहोरदोहर  गर्दा ढुंगाको अवस्था हेर्ने गरेको र १०/१५ दिनको अवधिमा झन्डै एक मिटर लच्किन गई ढुंगा बसेको सतह भागमा चिराचिरा भइसकेको चालक श्रेष्ठले जानकारी दिए। 

ढुंगा झरेर भोटेकोसी थुनिएमा चिलिमे विद्युत् केन्द्रले निकास लिइरहेको पानी प्रवाहमा असर पुर्‍याउन सक्ने भएकाले सो ढुंगालाई समयमै व्यवस्थापन गर्न जरुरी रहेको विद्युत् क्षेत्रसँग सम्बन्धित प्राविधिकले जनाएका छन्।

नेपाल–चीन बीचको व्यापार व्यवसाय अभिवृद्धि गर्ने प्रमुख मार्गमा बढेको जोखिम न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले गृह मन्त्रालयमा पत्राचार गरिसकेको छ। राजमार्गको जोखिम व्यवस्थापन गरी जटिल समस्या समाधान गर्न गृह मन्त्रालयमार्फत भूगर्भविद्ले छिट्टृै अध्ययन गर्नेमा आफू आशावादी रहेको रसुवाका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले बताए।

National life insurance

सो ढुङ्गा कुन बेला पल्टिन्छ भन्ने ठेगान छैन। ढंगा पल्टिँदा मानवीय क्षति हुन सक्छ भनेर आमनागरिकमा त्रास देखिएको छ। भिरालो भूभागको राजमार्गमा क्षति भएमा मालबाहक सवारीसाधन रोकिन गई भन्सार शुल्कबाट प्राप्त हुने नियमित राजस्व असूली कार्यमा समेत प्रवाभित हुने देखिएको भन्सार कार्यालयले जनाएको छ।

ढुंगाभन्दा करिब पाँच सय मिटरको उत्तरतर्फ २०६० देखि भूमिगत रूपले सञ्चालित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र रहेको छ। ढुंगा झरेर भोटेकोसी थुनिएमा चिलिमे विद्युत् केन्द्रले निकास लिइरहेको पानी प्रवाहमा असर पुर्‍याउन सक्ने भएकाले सो ढुंगालाई समयमै व्यवस्थापन गर्न जरुरी रहेको विद्युत् क्षेत्रसँग सम्बन्धित प्राविधिकले जनाएका छन्। रासस

प्रकाशित: Oct 07, 2021| 13:12 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।