बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सांसद विमला : घरि यता घरि उता, स्वाभाविक कि बाध्यता?

‘त्यसबेला विमलालाई परिबन्धमा पारेर जबर्जस्ती हस्ताक्षर गराई उनको नाममा विज्ञप्ति निकालियो। राजनीतिको जालझेल नजानेको सांसदको बदनाम बनाउने काम भयो,’ माओवादीका सांसद कृष्णध्वज खड्का उनले भने। उनका अनुसार एमालेले बन्धक बनाएर सांसद विमलालाई नाटकीय पात्रको रूपमा खडा गरेको हो।
 |  बुधबार, साउन २०, २०७८
nespernesper

विनोद परियार

विनोद परियार

बुधबार, साउन २०, २०७८

बुटवल- लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वलीको भूमिका लुम्बिनीको राजनीतिमा नाटकीय बनेको छ। पटकपटक केपी शर्मा ओली नेतृत्वको एमाले पक्षमा जाँदै पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रमा फर्कंदै गरेको बताउने विमलाको भूमिकालाई धेरैले नाटकीय भन्न थालेका छन्।

triton college

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल संसद्को अंकगणितमा अल्पमतमा परेपछि एकाएक शनिबारदेखि वली सम्पर्कविहीन भएकी थिइन्। माओवादी केन्द्रको सम्पर्कबाहिर भएपछि लुम्बिनीको राजनीति ५ दिनदेखि वलीकै वरिपरि घुम्यो। परिवारको हवला दिँदै नेकपा एमालेले स्वास्थ्यमा समस्या भएकाले नेपालगञ्जमा उपचाररत रहेको बताएको थियो। 

सोमबार प्रदेश प्रमुख अमिक शेरचन समक्ष लुम्बिनीका विपक्षी गठबन्धनले ध्यानार्कषण गराउँदै वलीको हस्ताक्षरसहित विशेष अधिवेशन बोलाउनका लागि निवेदन दिएका थिए। उक्त निवेदनमा वली पनि हस्ताक्षर थियो। विमलाको हस्ताक्षरसहितको निवेदन प्रदेश प्रमुखको कार्यालय पुगेलगत्तै विमलाले भने आफू एमालेमा नै फर्केको भन्दै विज्ञप्ति सार्वजनिक गरिन्। 

एमालेमा नै फर्केको विज्ञप्ति सार्वजनिक भएपनि विपक्षी गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रले भने एमालेले सांसद् विमलालाई बन्धक बनाएर राखेको आरोप लगायो। मुख्यमन्त्री कार्यालय वरिपरि मोबाइल लोकेसन देखाएको भन्दै पूर्वमन्त्री सुदर्शन बरालले अवस्था सार्वजनिक गर्न माग गरेका थिए। 

विपक्षी दलहरुले मंगलबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराए। त्यसको भोलिपल्ट बुधबार पुनः सम्पर्कविहीन भएकी भनिएकी प्रदेशसभा सदस्य विमला फेरि माओवादी केन्द्रमा फर्किएको दाबी माओवादी केन्द्र संसदीय दलको छ। 

Metro Mart
vianet

मुख्यमन्त्री निवासबाट बुधबार हतास मनस्थितिमा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा विमला आएको माओवादी नेताहरूको दाबी छ। तर, यसबारेमा माओवादी केन्द्रले भने आधिकारिक रूपमा कुनै जानकारी दिएको छैन। पत्रकार सम्मेलन गरेरै जानकारी दिने भनिए पनि त्यसको पनि टुंगो छैन। विमला फेरि माओवादीको सम्पर्कमा गएको खबरले लुम्बिनीको राजनीतिमा अर्को तरंग पैदा गराइदिएको छ। 

घरि यता, घरि उता 

गत वैशाख १९ गते मुख्यमन्त्रीमा दोस्रो पटक शंकर पोखरेल नियुक्त हुँदै गर्दा विमलाले माओवादी केन्द्र रोजेको सार्वजनिक विज्ञिप्त निकालेकी थिइन्। त्यति मात्रै होइन, माओवादीको अपहरणमा परेको एमालेले आरोप लगाएपछि पत्रकार सम्मेलन गरेरै माओवादी रोज्नुको कारण खुलासा पनि गरेकी थिइन्। 

श्रीमान उत्तर कुमार ओलीको दुर्घटनामा परी मृत्यु भएपछि दाङको निर्वाचन क्षेत्र नम्बर ३ को 'ख'मा तत्कालीन नेकपाबाट उम्मेदवार बनेकी थिइन् उनी। उनले नेकपाको सूर्य चिन्हबाट चुनाव जितेकी हुन्। गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलामार्फत् नेकपाको आधिकारिकता ऋषि कट्टेल पाएपछि एमाले र माओवादी केन्द्र एकतापूर्वकै अवस्थामा फर्किए। 

तत्कालीन प्रधानमन्त्री ओलीबाट पहिलो पटक संघीय संसद विघटनपछि नै उत्पन्न राजनीतिक घटनाक्रमकै कारण लुम्बिनीमा सत्ता फेरबदल गर्ने प्रयास सुरु भयो। 

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि विकसित राजनीतिक घटनाक्रमलाई नयाँ मोडमा पुर्‍याउन र प्रदेशको राजनीति आफूमा केन्द्रित गर्न विमला सफल भएकी छन्। पहिले माओवादी केन्द्र रोजेकी विमला सोमबार मात्रै एमालेमै रहेको विज्ञप्ति निकालिन्। विज्ञप्ति निकालेको २ दिनमै फेरि माओवादीको सम्पर्कमा पुगिन्।  

संसदमा समेत मुख्यमन्त्री पोखरेलले विमलाका श्रीमान् उत्तरकुमारको एमालेमा रहेको योगदानको चर्चा गर्दै आफ्नो पार्टीमै रहेको दाबी गर्ने गर्थे। तर, जसपाले पोखरेल नेतृत्वको सरकारमा गएका ३ सांसदलाई सांसद पदबाट निलम्बन गरेपछि भने विमलालाई फर्काउन पोखरेलले पारिवारिक रुपमा दबाब दिएका थिए। त्यही क्रममा विमला पार्टीको सम्पर्कबाट बाहिर भएको माओवादी केन्द्रका सांसद कृष्णध्वज खड्काले बताए। 

‘विमलाजीले स्वेच्छाले माओवादी रोज्नुभएको हो। सम्पर्कको हिसाबले उहाँको माओवादीसँगै सम्पर्क छ,’ उनले भने, ‘ स्व.उत्तरजीको सम्बन्ध देखाएर फकाउन खोजिएको हो भन्न लागेको थियो, त्यो अहिले पुष्टि भयो।’ विमलाले आत्माबाटै रोजेर एमालेमा गएको भन्ने कुरामा आफूहरुलाई त्यसबेला पनि विश्वास नलागेको उनको भनाइ छ। 

‘त्यसबेला विमलालाई परिबन्धमा पारेर जबर्जस्ती हस्ताक्षर गराई उनको नाममा विज्ञप्ति निकालियो। राजनीतिको जालझेल नजानेको सांसदको बदनाम बनाउने काम भयो,’ उनले भने। उनका अनुसार एमालेले बन्धक बनाएर सांसद विमलालाई नाटकीय पात्रको रूपमा खडा गरेको  हो। 

नेकपा एमालेका प्रमुख सचेतक भूमेश्वर ढकालले आफूले माओवादीमा गएको सुनेको बताए। प्रमुख सचेतक ढकालले भने दिउँसोसम्म विमलाले स्वास्थ्यमा समस्या आएकाले घरमै आराम गरिरहेको र केही दिनमै पत्रकार सम्मेलन गरी जानकारी दिने जानकारी पठाएको बताएका थिए। 

यसअघि नै माओवादी केन्द्रले ५५ लाखको आश्वासन दिएर विमलालाई पार्टीमा भित्र्याएको तर त्यो पैसा नदिएपछि उनी एमालमै फर्केको चर्चा चलेको थियो। त्यसो त लुम्बिनीमा आर्थिक प्रलोभनमा पर्ने विमला एक्ली सांसद होइन्। 

पछिल्लो घटनाबारे सांसद विमलासँग फोन सम्पर्क गर्ने नेपाल समयको पटकपटकको प्रयास पनि सफल हुन सकेन। फोनमा घण्टी गए पनि विमलाले फोन उठाएकी छैनन्। 

विमला माओवादी केन्द्रमा फर्केपछि विपक्षी गठबन्धनलाई सरकार बनाउन बहुमत पुगेको छ। विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिसकेको छ भने प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन बोलाउन निवेदन दिएको छ।  

विमला माओवादी केन्द्रमा पुगेसँगै सत्तापक्षमा ३८ सांसद भएका छन् भने विपक्षमा सभामुखसहित ४१ मत पुगेको छ। ८० सदस्यीय प्रदेशसभा सरकार बनाउनका लागि ४१ सांसद आवश्यक पर्छ। सभामुखले भने मत बराबर भएको अवस्थामा निर्णायक मत मात्र दिन पाउने व्यवस्था छ।

प्रकाशित: Aug 04, 2021| 21:52 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।