शुक्रबार, भदौ ५, २०८३

संसद्‍मा एमालेको अवरोध जारी

प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले अवरोध गरेको छ।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

काठमाडौं– प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले अवरोध गरेको छ।

एमालेले १४ जना सांसदलाई गरेको कारबाहीको सूचना सभामुखले टाँस नगरी पक्षपातपूर्ण व्यवहार गरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले संसद बैठक अवरोध गर्दै आएको छ।

मंगलबारको बैठकमा पनि नाराबजीसहित एमालेले विरोध प्रदर्शन गरेको हो। एमाले सांसदहरुको विरोधका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६–०७७ प्रतिनिधिसभामा पेश गरे।

एमाले सांसदहरुले कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन, संसदीय सर्वोच्चता कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, यथास्थितिमा संसद् चल्दैन, गैरसांसदलाई प्रवेश निषेध गर, पदीय मर्यादा कायम गर लगायतका नारा लगाएका थिए ।

प्रतिनिधिसभाको आगामी बैठक असोज २२ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।


प्रकाशित: Oct 05, 2021| 13:33 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...