शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसमा महाधिवेशन : प्रतिनिधि हारे पनि जिल्ला कार्यसमितिमा लड्न पाउने

कांग्रेसमा महाधिवेशन : प्रतिनिधि हारे पनि जिल्ला कार्यसमितिमा लड्न पाउने

नेपाली कांग्रेसले महाधिवेशन हारे पनि जिल्ला कार्यसमितिमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको छ। निर्वाचन निर्देशिकामा एक पदमा हारेको व्यक्ति अर्को पदमा उम्मेदवार हुन नपाउने नियम थियो।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

काठमाडौं– नेपाली कांग्रेसले महाधिवेशन हारे पनि जिल्ला कार्यसमितिमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको छ। निर्वाचन निर्देशिकामा एक पदमा हारेको व्यक्ति अर्को पदमा उम्मेदवार हुन नपाउने नियम थियो।

तर, त्यसलाई सच्याउँदै निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले सर्कुलर जारी गर्दै महाधिवेशन प्रतिनिधिमा पराजित व्यक्ति जिल्ला कार्यसमितिको सभापति पद बाहेकको पदमा प्रतिस्पर्धा गर्न पाउने स्पष्ट पारेका छन्। 

दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा यो व्यवस्था लागु हुने छ। ‘दुई वा दुई भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाहरुका हकमा महाधिवेशन प्रतिनिधिको निर्वाचनमा पराजित भएको कुनै व्यक्ति जिल्ला कार्यसमितिको सभापति बाहेक जिल्ला कार्यसमितिका अन्य सबै पदमा उम्मेदवार हुन सक्नेछ,’ यादवले जारी गरेको सर्कुलरमा भनिएको छ।  

कांग्रेसले एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा जिल्ला सभापति र महाधिवेशन प्रतिनिधिमा एकै व्यक्ति लड्न नपाउने व्यवस्था लागू गरेको थियो। एकमात्रै निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय प्रतिनिधिहरु नै जिल्ला कार्यसमितिको निर्वाचनमा मतदाता हुनेछन् भने एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको हकमा महाधिवेशन प्रतिनिधिहरुले जिल्ला कार्यसमितिको निर्वाचनमा मतदान गर्नेछन्।

प्रकाशित: Oct 05, 2021| 12:39 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...