सोमबार, असार २९, २०८३

यसपाली पनि वर्ल्डकप फाइनलमा वाका वाका नै बज्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-२०१८ को फीफा वर्ल्डकपको फाइनल अघि वाका वाका गीतको नै धुम मच्चिने छ ।  २०१० को वर्ल्डकपका लागि बनाइएको यो गीतले धेरैको मन जितेको थियो । यस्तो प्रकृतिको गीत अझैसम्म बन्न नसकेको गीतसंगीतका पारखीहरुले बताउने गरेका छन् । 

हरेक फिफा वर्ल्डकपभन्दा पहिला एउटा अफिसियल थीममा गीत रिलिज हुन्छ । वर्ल्डकपलाई लक्षित गर्दै धेरै गीत बनेका छन् । २०१८ वर्ल्डकपभन्दा पहिला पनि अमेरिकी सिंगर निकी जैमको अफिसियल गीत मइमा रिलिज भएको थियो । 

तर २०१० मा कोलम्बियन सिंगर शाकिराले गाएको 'वाका वाका' विश्वभरि चर्चा बटुल्न सफल गीत हो । 

यो गीतलाई युट्युवमा एक अर्ब ९० करोड पटक हेरिएको गीतको भिडियो विश्वका चर्चित गीतको २६ औं नम्बरमा पर्दछ । 

गीतको भिडियो हेर्नुहोस्

यूएस डिजे र राइटर डिप्लोद्धारा प्रोड्युस् 'लिव इट अप' अमेरिकी फिल्ममेकरसाथै र्‍याप स्टार विल स्मिथ र अल्बानियाई सिंगर एरा इस्ट्रेफीकोसाथमा निकी जैमद्धारा रेकर्ड गरिएको थियो । विडियोमा ब्राजिलका स्टार फुटबलर 'रोनाल्डिन्हो' पनि देखिएका छन् । 

एंथम ल्याटिन अमेरिकन धुन भएको कारणले यो विवादमा पनि परेको थियो । 'यसमा उनीहरूको पहिचान छैन' भन्दै शक्तिशाली देश रूसले आपत्ति पनि देखाएको थियो ।

२०१८ को फिफा वर्ल्डकप फाइनलभन्दा पहिला यही थिम गीतको लाइव पर्फमेन्स हुनेछ । यसवर्षको विश्वकप फाइनल जुलाइ १५ मा रुसको लुज्निकी स्टेडियममा हुनेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।