काठमाडौं- नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको प्लेइङ ११ सार्वजनिक गरेका छन्।
नेपाली टिम गोलकिपर किरण कुमार लिम्बूको कप्तानीमा मैदान उत्रिने छ। नेपाल आजको खेलमा बरियतामा कमजोर श्रीलंकालाई हराएर अर्को चरणमा पुग्ने बाटो छोटो बनाउन चाहन्छ। नेपाललाई आज जित निकाल्न दबाब पनि छ। किनभने नेपालले यसपछि बंगलादेश र इन्डियासँग खेल्दैछ।
बंगलादेश र इन्डियता तुलनात्मक रूपमा श्रीलंकाभन्दा बलिया देशहरू हुन्। त्यसैले नेपाल श्रीलंकालाई हराउँदै फाइनल यात्रालाई छोटो बनाउने दाउमा हुनेछ।
फाइनम पुग्नका लागि नेपाललाई श्रीलंकाविरुद्ध जित निकाल्न अनिवार्य जस्तै छ।
आजको खेलमा श्रीलंकन टिमका मुख्य सदस्य डसकन पुल्सार योगेन्द्रन हुने छैनन्। उनले बंगलादेशविरुद्ध रातो कार्ड खाएका थिए। त्यसले श्रीलंकाको टिमको डिफेन्समा घाटा हुनेछ।
