सोमबार, असार २२, २०८३

यस्तो छ श्रीलंकाविरुद्ध नेपालको प्लेइङ् सेट

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको प्लेइङ ११ सार्वजनिक गरेका छन्।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं- नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको प्लेइङ ११ सार्वजनिक गरेका छन्।

नेपाली टिम गोलकिपर किरण कुमार लिम्बूको कप्तानीमा मैदान उत्रिने छ। नेपाल आजको खेलमा बरियतामा कमजोर श्रीलंकालाई हराएर अर्को चरणमा पुग्ने बाटो छोटो बनाउन चाहन्छ। नेपाललाई आज जित निकाल्न दबाब पनि छ। किनभने नेपालले यसपछि बंगलादेश र इन्डियासँग खेल्दैछ।

बंगलादेश र इन्डियता तुलनात्मक रूपमा श्रीलंकाभन्दा बलिया देशहरू हुन्। त्यसैले नेपाल श्रीलंकालाई हराउँदै फाइनल यात्रालाई छोटो बनाउने दाउमा हुनेछ।

फाइनम पुग्नका लागि नेपाललाई श्रीलंकाविरुद्ध जित निकाल्न अनिवार्य जस्तै छ।

आजको खेलमा श्रीलंकन टिमका मुख्य सदस्य डसकन पुल्सार योगेन्द्रन हुने छैनन्। उनले बंगलादेशविरुद्ध रातो कार्ड खाएका थिए। त्यसले श्रीलंकाको टिमको डिफेन्समा घाटा हुनेछ।


 



प्रकाशित: Oct 04, 2021| 21:12 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।