मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • प्रधानन्यायाधीशमाथि प्रश्न उठ्यो, चाडसँगै चोरको बिगबिगी [२०७८–६–१८]

प्रधानन्यायाधीशमाथि प्रश्न उठ्यो, चाडसँगै चोरको बिगबिगी [२०७८–६–१८]

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा भाग खोजेको समाचार सत्य हो भने त्यसलाई रोक्न सबै पक्षलाई आग्रह गरेको छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं– नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा भाग खोजेको समाचार सत्य हो भने त्यसलाई रोक्न सबै पक्षलाई आग्रह गरेको छ। 

बारका महासचिव लिलामणि पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै त्यस्ता क्रियाकलाप नरोके बारले कडा आन्दोलन गर्ने चेतावनी दिएको हो। प्रधानन्यायाधीश जबराका कार्यपालिका र अन्य संवैधानिक निकायमा भाग खोज्ने क्रियाकलापले न्यायपालिका गम्भीर संकटमा परेको महसुस भएको पनि बारले जनाएको छ।

राज्यका निकायहरूका बीचको शक्ति सन्तुलन र नियन्त्रण, शक्ति पृथकीकरणको सिद्धान्त, संवैधानिक सर्वोच्चता, स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिकाको अवधारणा प्रतिकूल हुने यस्ता क्रियाकलापको आफूले सधैं विरोध र भर्त्सना गर्ने बारले उल्लेख गरेको छ।

यसैबीच, सर्वोच्च अदालतले भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मन्त्रीमण्डलमा भागबण्डा लिन खोजेको भनी सञ्चारमाध्यममा आएको समाचारको खण्डन गरेको छ। अदालतका प्रवक्ता बाबुराम दाहालले विज्ञप्ति जारी गर्दै उक्त समाचारको खण्डन गरी सत्यता नभएको दाबी गरेका छन्। मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशको संलग्नतासमेतका शीर्षक राखी विभिन्न पत्रपत्रिका एवं अनलाइन माध्यमबाटसमेत प्रकाशित भएका समाचारहरूको सम्बन्धमा सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। प्रधानन्यायाधीशको नाम जोडेर यसप्रकारका समाचार आउनु अदालतप्रतिको जनआस्था एवं नेतृत्वप्रति प्रतिकूल प्रभाव पार्ने दुषित मनसायबाहेक अरू केही हुन नसक्ने विज्ञप्तिमा भनिएको छ। 

ललिता निवास मुद्दाको फैसला कात्तिक १५ मा

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनसुन्धान आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कात्तिक १५ गते फैसला सुनाउने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले निर्णय सुनाउने मिति तोकेको हो। नेता नेपाल र भट्टराई प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषदले काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने गरी निर्णय गरेको थियो। तर मन्त्रिपरिषदले गरेको निर्णय नीतिगत भन्दै अख्तियारले पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन नमिल्ने निर्णय गरेको थियो। तर पूर्वप्रधानमन्त्रीलाई भ्रष्टाचार मुद्दा नलगाउने अख्तियारको निर्णय कानुन विपरीत भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। २०७६ माघमा नै सर्वोच्चमा दायर भएको रिट पटक पटक सुनुवाइ स्थगित हुँँदै आएको छ।

ललिता निवास जग्गा प्रकरणमा तत्कालिन मन्त्री विजयकुमार गच्छदार, चन्द्रदेव जोशी, तत्कालिन सचिवहरु दीप बस्न्यात, दिनेश अधिकारीसहित १७५ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

पार्टीभित्र फरक मत नभएको पौडेलको दाबी

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पार्टी भित्र फरक मत नरहेको बताएका छन्। 

पार्टीका संगठन विभाग प्रमुख समेत रहेका उपमहासचिव पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसावले एकतावद्ध रहेको दावी समेत गरे। उनले पार्टीको विधान महाधिवेशनमा पार्टी भित्र फरक मत कसैले पनि दर्ज नगरेको स्पष्ट पारे। सोमबार हालै सम्पन्न पार्टीको विधान महाधिवेशनसँग केन्द्रित रहेर न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उपमहासचिव पौडेलले पार्टीका अर्का उपमहासचिव घनश्याम भुसालप्रति संकेत गर्दै पार्टीको विधान महाधिवेशनमा औपचारिक रुपले कसैले फरक मत नराखेको प्रतिक्रिया दिए। उपमहासचिव पौडेलले विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुनर्पुष्टि गरेको समेत बताए। 

उपमहासचिव पौडेलले एमालेको राष्ट्रिय महाधिवेशन निर्धारित समयमै हुने र त्यसले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई अरु बढि प्रभावकारी बनाएर लैजाने विश्वास समेत व्यक्त गरे।  हिजो आईतबार सम्पन्न एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं राष्ट्रिय महाधिवेशन आगामी मंसीर १०, ११ र १२ गते बुटवलमा हुने घोषणा गरेका थिए। 

मलाई आफ्नो जिम्मेवारी थाहा छः सभामुख

सभामुख अग्नीप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताउनु भएको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद अवरुद्ध पारिरहेका बेला सभामुख सापकोटाले यस्तो बताउनु भएको हो। संघीय संसद सचिवालय कर्मचारी युनियनले विजया दशमी, दीपावली, नेपाल संवत र छठ पर्वको अवसर पारेर सोमबार सिंहदरवारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले इतिहासले आफूलाई संघीय संसदको नेतृत्व गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै सो पदलाई न्याय गर्नुपर्छ भनेर दिल भित्रैबाट प्रण गरिरहेको बताए। सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखि बनाउने प्रतिवद्धता समेत ब्यक्त गरे। 

सभामुख सापकोटाले गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भएनभएको अनुगमन गर्ने कामलाई पनि आफूले दृढताका साथ अगाडि बढाईरहेको दावी गरे। 

१ हजार ३० संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३० जना कोरोना संक्रमित थपिएका छन्। १० हजार ८७४ जनाको परीक्षण गर्दा यो संख्यामा संक्रमण पुष्टि भएको हो।  

सोही अवधिमा १ हजार जना संक्रमणमुक्त भएका छन् भने १० जना संक्रमितको मृत्यु भएको छ। आजको दिनमा देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६०६ जना रहेका छन्। 

जसमध्ये १५ हजार ५३४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १५२ जना संस्थागत आइसोलेसनमा रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख २० हजार ५४८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्।

ठूलो संख्यामा पाकेटमारा समातिए

काठमाडौंमा सार्वजनिक बस र  सपिङ मलहरुमा पाकेट मारेको आरोपमा प्रहरीले ठुलो संख्यामा ‘पाकेटमार’हरुलाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार त्यस्तो गतिविधिमा संलग्न १ सय ६१ जनालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। चक्रपथभित्र र बाहिर अपरेशन चलाएर भदौ २५ यता २०७ जना पाकेटमारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जाकारी दिए। पक्राउ गरिएका २०७ मध्ये १६१ जनालाई कारागारमा थुनामा पठाइएको छ। जिल्ला प्रशासन कार्यालयले मागेको धरौटी बुझाउन नसक्दा उनीहरुलाई कारागार पठाइएको एसएसपी सिंहले बताए।

यसैबिच, पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ। लेकसाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। पक्राउ गरिएका गौतम शाह निवासका कामदार हुन्।

प्रकाशित: Oct 04, 2021| 19:41 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।