काठमाडौं– टिम टेनिस नेपालको आयोजनामा दोश्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ।
प्रतियोगितामा यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ उमेर समूहमा ब्वाइज–गर्ल्सको सिंगल्स खेल हुने छ। त्यस्तै ब्वाइज–गर्ल्सको डबल्समा पनि प्रतिस्पर्धा हुने छ।
प्रतियोगितामा करिब १ सय २५ खेलाडीको सहभागिता रहने टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जनाएका छन्। पाँच दिने प्रतियोगिताका खेलहरु धापाखेलस्थित आयोजक टिम टेनिस नेपालको आफ्नै कोर्टमा हुने छ।