आइतबार, माघ ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • भैरहवाले चितवनलाई हराएपछि रोमाञ्चक बन्दै क्वालिफायरको समीकरण

भैरहवाले चितवनलाई हराएपछि रोमाञ्चक बन्दै क्वालिफायरको समीकरण

एभरेस्ट प्रिमियर लिग (ईपीएल)को आज सोमबार सम्पन्न पहिलो खेलमा लिग तालिकाको शीर्षस्थानमा रहेको चितवन टाइगर्सले भैरहवा ग्लाडिएटर्ससँग ६ विकेटको हार बेहोरेको छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं– एभरेस्ट प्रिमियर लिग (ईपीएल)को आज सोमबार सम्पन्न पहिलो खेलमा लिग तालिकाको शीर्षस्थानमा रहेको चितवन टाइगर्सले भैरहवा ग्लाडिएटर्ससँग ६ विकेटको हार बेहोरेको छ।

National life

टस जितेर ब्याटिङ सुरु गरेको चितवनले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर १६४ रन बनाएको थियो। १६५ रनको लक्ष्यका साथ खेल सुरु गरेको भैरहवाले १३ बल बाँकी रहँदै चार विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।

चितवनलाई भैरहवाले हराएपछि दोस्रो र तेस्रो स्थानमा रहेका भैरहवा र पोखरा राइनोजको क्वालिफायर भिडन्त रोमाञ्चक बनेको छ। सोमबारको जितसँगै भैरहवाले छ अंक बनाएको छ। शीर्षस्थानको चितवनको ८ अंक छ। अझै एक खेल बाँकी रहेको भैरहवा र पोखराले प्ले अफका लागि प्रतिस्पर्धा गर्ने छन्।

दुवै टिमले जित निकालेको अवस्थामा भैरहवा क्वालिफायरमा जानेछ। नभएर जित्ने टिमले क्वालिफायरमा चितवन टाइगर्सको सामना गर्नेछ। लिग चरणका शीर्ष दुई टिमले क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन्। चितवनले लगातार चार खेलमा जित निकाल्दै क्वालिफायरमा स्थान पक्का गरेको थियो।

आजको खेलमा भैरहवाको जितका लागि प्रदीप ऐरीले ७२ रनको अर्धसतकीय पारी खेले। ओपनिङमा आएका अर्को खेलाडी तामिम इक्वालले ४० रन बनाए। भैरहवाका लागि ओपनरद्वयरले १०६ रनको साझेदारी गरे।

Laxmi sunrise bank
kumari

तेस्रो नम्बरमा ब्याटिङमा आएका उपुल थरंगाले ३९ रन बनाए। चितवनका करिम जन्नतले दुई साथै सागर ढकाल र सेकुगे प्रसन्नले समान १–१ विकेट लिए।

पहिलो पारीमा चितवनका लागि मोहम्मद साहजादले ३२, जन्नतले ३५ र प्रसन्नले २४ रन बनाए। त्यस्तै, भीम सार्कीले १६, राजेश पुलामीले १४ र दिलीप नाथले १३ रन जोडे।

भैरहवाका अभिनास बोहराले ३ विकेट लिए भने कुशल मल्लले दुई विकेट गिराए। धम्मिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्कीले समान १–१ विकेट गिराए।

प्रकाशित: Oct 04, 2021| 13:20 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।