मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • बिहानी समाचारः कांग्रेसमा जिल्ला अधिवेशनको सरगर्मी, मनसुन अझै एक साता रहने

बिहानी समाचारः कांग्रेसमा जिल्ला अधिवेशनको सरगर्मी, मनसुन अझै एक साता रहने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरुको मत परिणाम आउन सुरु गरेको छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरुको मत परिणाम आउन सुरु गरेको छ। 

हालसम्म मतपरिणाम सार्वजनिक भएका ७ मध्ये ३ जिल्लाको सभापतिमा शेरबहादुर देउवानिकटका नेता विजयी भएका  छन्। बाँकी ४ जिल्ला सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट नेता विजयी भएका छन्। देउवा पक्षले ताप्लेजुङ, मनाङ र हुम्लामा सभापति जितेको छ भने पौडेल पक्षले संखुवासभा, मुस्ताङ, रुकुम पूर्व र कालीकोट बाजी मारेको छ। गत शनिबार मनाङ, मुस्ताङ, ताप्लेजुङ, संखुवासभा, रुकुम पूर्व, कालिकोट, हुम्ला, दोलखा, बाजुरा, बझाङ, रामेछाप, गोरखा र रुकुम पूर्वसहित  ११ जिल्लामा निर्वाचन भएको थियो। 

कांग्रेस काठमाडौं महानगरमा शाक्य

नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन्।

आइतबार राति सार्वजनिक भएका मतपरिणाम अनुसार शाक्य ७ सय ९६ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३ सय २९ मत पाएका छन्। सभापति बिजयी भएका शाक्य काठमाडौ महानगर वडा नम्बर २५ को वडाध्यक्ष पनि हुन्। उनी प्रकाशमान सिंह–गगन थापा निकट मानिन्छ। पराजित रञ्जितलाई सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको साथ थियो। महानगरमा सिंह थापा निकट शाक्यको प्यानल नै विजयी भएको छ। 

चारडबाडमा सीडीओ र सुरक्षाकर्मीले बिदा नपाउने

गृह मन्त्रालयले चाडपर्व अवधिभर बिदा नबस्न देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र जिल्ला सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको छ। 

गृहको यो निर्देशनसँगै अत्यावश्यक काम र गृह मन्त्रालयको अनुमतिबाहेक प्रजिअसहित गृह मन्त्रालय मातहतका सुरक्षा प्रमुखहरुले जिल्ला छोडेर बाहिर जान पाउने छैनन्। गृहको निर्देशनसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरुलाई पनि चाडपर्वमा घरबिदामा जान रोक लगाइएको छ। यसैगरी चाडपर्वको समयमा सर्वसाधारणले २४ सै घन्टा ठाडो निवेदन दर्ता र गुनासो गर्न मिल्ने व्यवस्था मिलाउन पनि गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ। 

मनसुन अझै एक साता

मनसुन पूर्णरुपमा बाहिरिन अझै एक साता लाग्ने भएको छ। 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमबाट सुधार हुँदै पूर्वतर्फ वर्षा भएर मात्रै मनसुन बाहिरिनेछ। त्यसका लागि कम्तीमा आगामी आइतबार÷सोमबार लाग्न सक्नेछ। सामान्यतयाः अक्टोबर–२ मा मनसुन बाहिरिने गरेकोमा यसपटक त्यस्तो भएको छैन। अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ। न्युन चापीय क्षेत्रको प्रभावले आज पनि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

असोज २० देखि सरकारी भेडाच्यांग्रा

काठमाडौं उपत्यकामा असोज २० गतेदेखि दशैँका लागि भेडा र च्याङ्ग्रा भित्रिने भएका छन्। 

चौपाया खरिदविक्री सेवा संघले मुस्ताङ लगायत हिमाली जिल्लाबाट उपत्यकामा ल्याउन अहिले ती चौपाया संकलन गरिरहेको जनाएको छ। यो वर्षको दशैँका लागि तीन हजार भेडाच्याङ्ग्रा ल्याइने संघका अध्यक्ष सन्तोष खत्रीले जानकारी दिए।  यस्तै यो वर्ष भेडा र च्याङ्ग्राको मासु प्रतिकेजी दुई सयदेखि तीन सयसम्म बढ्ने खरिदविक्री सेवा संघले जनाएको छ। अहिले जिउँदो भेडाच्याङ्ग्राको मासु प्रतिकेजी १ हजार ५० रुपैयाँसम्म पर्छ। 

प्रकाशित: Oct 04, 2021| 11:44 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।