सोमबार, असार २२, २०८३

रग्बीको उपाधी भक्तपुरलाई

मध्यपुर ठिमीमा आइतबार साँझ भएको फाइनलमा भक्तपुर रग्बीले नुवाकोट रग्वीलाई ५ का विरुद्ध १७ प्वाइन्टका साथ उपाधि जितेको हो।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं- प्रदेश जिल्लास्तरीय सेभेन ए साइड बागमती सेभेन्स रग्बी प्रतियोगिताको उपाधि भक्तपुरले जितेको छ। मध्यपुर ठिमीमा आइतबार साँझ भएको फाइनलमा भक्तपुर रग्बीले नुवाकोट रग्वीलाई ५ का विरुद्ध १७ प्वाइन्टका साथ उपाधि जितेको हो। 

भक्तपुरले खेल अवधिभर ३ ट्राइ गर्दा एक पटक कन्भर्सन गरेको थियो। एक ट्राइ बराबर ५ अंक र एक कन्भर्सन बराबर २ अंकका हिसाबले ३ ट्राइको १५ र १ कन्भर्जको २ गरि १७ अंक ल्याएको हो। 

नुवाकोट रग्वीले भने एक ट्राइ गरेको थियो। पुरुषतर्फको उपाधि विजेता भक्तपुर रग्वीले नगद १५ हजार पुरस्कार प्राप्त गर्दा उपविजेता भएको नुवाकोट रग्वीले १० हजारमा चित्त बुझयो। 

भक्तपुरका सविन महत उत्कृष्ट खेलाडी चुनिए। उनले नगद ५ हजार प्राप्त गरे। प्रतियोगिता अन्तर्ग शनिबार महिलातर्फको उपाधि मकवानपुरले जितेको छ। मकवानपुरले काठमाडौंलाई १ ट्राइले नै उपाधि जित्न पर्याप्त भयो । मकवानपुरले उपाधिसँगै नगद १० हजार प्राप्त गरेको छ।

प्रतियोगिताको उपाधि विजेता टिम तथा खेलाडीहरुलाई रग्वीसंघका अध्यक्ष टंकलाल घिसिङले पुरस्कार तथा मेडल र प्रमाणपत्र वितरण गरेका थिए।

नेपाल रग्वी संघको आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा पुरुष तर्फ ७ टोली र महिला तर्फ ३ टोली सहभागी भएका थिए।


प्रकाशित: Oct 03, 2021| 21:25 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।