सोमबार, असार २२, २०८३

जर्मनीमा भएको ओपन कराँतेमा नेपाललाई ४ स्वर्ण

तीन नेपाली खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा सबैले दोहोरो पदक चुम्‍न सफल भएका हुन्।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं- जर्मनीमा भएको चेम्‍निज ओपन कराँते च्याम्पियनसिपमा नेपालले ४ स्वर्णसहित २ कास्य पदक जितेको छ। तीन नेपाली खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा सबैले दोहोरो पदक चुम्‍न सफल भएका हुन्।

प्रतियोगितामा मन्डेकाजी श्रेष्ठले पुरुष सिनियर एकल काता र ३० वर्षमाथि उमेरसमूहमा स्वर्ण जितेका हुन्। 

मन्डे १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता पनि हुन्। सागकै कास्य विजेता मुकुन्द्र महर्जनले कुमुतेको पुरुष ७५ केजीमुनि कांस्य तथा ३० वर्षमाथि स्वर्ण जिते।

त्यस्तै सुमन तिमल्सिनाले पुरुष सिनयर एकल कातामा कास्य तथा आफ्नो उमेरसमूहमा स्वर्ण हात पार्न सफल भएको अफिसियल स्वच्छम् गुरुङले जनाएका छन्।

अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा जर्मन, पोल्यान्ड, अस्ट्रिया, अजरबैजान, इरान, नेदरल्यान्ड, स्पेन, बेल्जियमलगायतका राष्ट्रको सहभागिता रहेको छ।


प्रकाशित: Oct 03, 2021| 16:45 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।