काठमाडौं- ब्याटिङमा निकै कमजोर देखिएको ललितपुर प्याट्रिओट्सले अपराजित टिम चितवन टाइगर्सलाई १०९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा अहिल जारी खेलमा उसले पुरा ओभर खेल्दै ९ विकेट गुमाएर १०८ रन बनाएको हो। चितवनका सन्दुव वेराक्कोडी, जयकिसन कोल्सावाला र सूय तामाङबाहेक कुनै खेलाडीले जोर अंकमा रन बनाउन सकेनन्। खेलमा योगेन्द्र सिंह कार्की र पवन सर्राफले त कुनै रन बनाउनै सकेनन्।
भरपर्दा ब्याट्स्मेन कुशल भुर्तेल एक रनमै आउट भए। कोल्सावालाल सर्वाधक ४२ रन बनाए भने वराक्कोडीले १४ रन बनाए।
बलिङतर्फ चितवनका कमल सिंह ऐरीले तीन विकेट लिए भने करिम जन्नत र सागर ढकालले समान दुईदुई विकेट गिराए। शाहब आलमले पनि एक विकेट लिए।
ईपीएल तालिकामा छ अंकका साथ चितवन शीर्षस्थानमा छ भने ललितपुर तीन अंकका साथ चौथो स्थानमा छ।