काठमाडौं- एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किंग्स इलेवेन दोस्रोपटक पराजित भयो। काठमाडौंले लिग चरणबाटै बाहिरिसकेको विराटनगर वरियर्ससँग कीर्तिपुरको क्रिकेट मैदानमा हार ७ रनको हार बेहोर्यो।
पछिल्लो पटक प्रतिकुल मौसमले प्रभावित भएको खेल आइतरबारका लागि सारिको थियो। तर आइतबार पनि मौसम अनुकुल रहेन। खेल ८ ओभरमा झारिएको थियो।
‘तोकेर हेर्ने हो भने हामीलाई मौसमले धेरै प्रभाव पारेको छ। लगातार बिहानको मात्र खेल छ। यहाँ बिहानको खेल नै धेरै प्रभावित भएका छन्। त्यसको असर हामीलाई परेको हो। त्यो पाउने कुरा त होइन् तर त्यस्तै भयो,’ काठमाडौंका कप्तान सन्दीप लामिछानेले भने।
किर्तिपुरस्थित क्रिकेट मैदानको अहिले आउटफिल्ड किनै खराब छ। ‘मैदानमा बल्ल केही आजको खेल चाहिँ भयो। नभएको भए यसमा पनि अंक सेयर हुन सक्थ्यो होला। त्यसमाथि मौसम बाधक बन्दा ब्याक टू ब्याक पुरा खेल चाहिँ खेल्न पाइरहेको छैन,’ उनले भने।
‘अहिले आउटपिल्डमा म्पाचेजहरु धेरै नै छन्। त्यसले पनि हामीलाई गाह्रो बताएको हो। त्यसमा गेम गर्ने कि नगर्ने भन्ने हो। एउटा खेलाडीको सुरक्षा नै पहिलो प्राथमिकता हो। भोलि गएर कुनै देशी वा विदेशी खलाडीलाई चोट लागेमा प्रतियोगितामा लगत अर्थ जान्छ,’ सन्दिपले भने, ‘त्यसपछि विदेशी खेलाडी ल्याएर खेलाउन गाह्रो हुन्छ।’
अब काठमाडौंले लिगमा दुई खेल खेल्न बाँकी छ। उसले अब भोली (सोमबार) र मंगलबार पनि खेल्दैछ। लगातार उसले तीन खेल खेल्नुपर्ने भएको छ।
लगातार खेल्दा प्रदर्शनमा आसर पर्ला नि? भन्ने प्रश्नमा खास फरक नपर्ने कप्तान लामिछाने बताउँछन्। उनी भन्छन्, ‘टेस्ट खेल पनि लगातार खेल्ने हो। दैनिक खेल्दा असर त हुँदैन। जति धेरै खेल खेल्यो हामीलाई त त्यति नै फाइदा हो नि।’
तर अबको खेल स्थगित भएको अंक बाँड्ने निर्णय भएको सन्दीप लामिछानेले बताएका छन्। यता आजको खेलमा आफ्नो टिमबाट बाउन्ड्रि कम प्रहार हुँदा जित निकाल्न नसकेको बताएका छ। उसो त आज काठमाडौंले निकै फितलो ब्याटिङ गरेको थियो। चार बलरले बलिङ गरेको खेलमा सबैले ठूलो स्कोर विराटनगरलाई सुम्पे।
खेलबारे सन्दीप भन्छन्, ‘आजको खेलको कुरा गर्दा चाहिँ विराटनगरको केही धेरै बाउन्ड्रीहरु लाग्यो। हाम्रो टिममा तुलनात्मक रुपमा कम बाउन्ड्री लाग्यो। त्यति नै हारको कारण भयो भनम्।’
खेलका क्रममा विराटनगरले १६ बाउन्ड्री प्रहार गरेको थियो भने काठमाडौंले भने १२ बाउड्री प्रहार गरेको थियो। १२ बाउन्ड्रीको सहयोगमा काठमाडौंले ९७ रन बनायो भने विराटनगरले १०४ रन बनायो।
उनले अन्तिममा भने, ‘केही कुरामा हामी अनलक्की पनि भयौं। हामीले नै कतिपय कुरा मिस गर्यौ। त्यो अवस्थामा नयाँ बलर ल्याउन सकिएन। किनभने त्यहाँ कसरी बलिङ गर्नुपर्ने थियो, त्यो पहिलो थाहा भएकैलाई ल्याउनुपर्ने थियो।’
पहिलो खेलमा विराटनगरले निर्धारित आठ ओभर खेल्दै पाँच विकेट गुमाएर १०४ रन बनाएको थियो। १०५ रनको लक्ष्यका साथ मैदान उत्रिएको काठमाडौंले ८ ओभरमा तीन विकेट गुमाएर ९७ रनमा समेटियो।