काठमाडौं– एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विराटनगर वारियर्सले काठमाडौं किंग्स इलेभेनलाई १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङको अवसर पाएको विराटनगरले निर्धारित ८ ओभरमा पाँच विकेट गुमाएर १०४ रन बनाएको हो।
प्रतिकूल मौसमका कारण खेल ८ ओभरमा घटाइएको थियो। प्रतियोगिताको अन्तिम खेलमा विराटनगरका लागि रियल पठानले ११ बलमा ३० रन बनाए भने अनिल शाहले १६ बलमा ४५ रन बनाए। काठमाडौंका गुल्सन झा, रायन बर्ल र सन्दीप लामिछानेले समान १–१ विकेट लिए।