सोमबार, असार २२, २०८३

ईपीएल तालिका दोस्रो पटक संशोधन, काठमाडौं–भैरहवाको खेल १९ गते

एभरेस्ट प्रिमियर लिग (ईपीएल)को खेल तालिका तेस्रो पटक संशोधन भएको छ। प्रतिकुल मौसमको कारण खेल प्रभाभित भएपछि आयोजक ईपीएल प्रालिले खेल तालिका परिवर्तन गरेको हो।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं- एभरेस्ट प्रिमियर लिग (ईपीएल)को खेल तालिका तेस्रो पटक संशोधन भएको छ। प्रतिकुल मौसमको कारण खेल प्रभाभित भएपछि आयोजक ईपीएल प्रालिले खेल तालिका परिवर्तन गरेको हो।

यसअघि पनि एकपटक तालिका परिवर्तन भइसकेको छ। सुरुआति तालिकामा रहेको तीन खेलको समयमा मौसम खेलअनुकुल नभएपछि प्रतिस्पर्धा हुन सकेको थिएन।

त्यसमध्येको एक काठमाडौं र विराटनगरको खेल आज बिहानलाई सारिएको थियो। तर, आइतबार बिहानको कीर्तिपुरस्थिच त्रिभुवन विश्वविद्यालयको मैदान चिसो भएपछि साढे ९ बाट सुरु हुनुपर्ने खेल ११ बजेसम्म पनि सुरु भएको छैन।

त्यस्तै, अर्को सारिएको अर्कोमा चितवन टाइगर्स र भैरहवाको थियो। सो खेल भोली दिउँसो हुनेछ। तालिका संशोधन गरिएको अर्को खेल भने सोमबार दिउँसो हुनेछ। सो खेलमा पोखरा राइनोजले काठमाडौंको सामना गर्नेछ।

शनिबारको खेल समयमा पनि वर्षा भएपछि खेल रोकिएको थियो। काठमाडौं र भैरहवाको उक्त खेल असोज १९ गते दिउँसो हुनेछ।

त्यस्तै, असोज २० गतेबाट प्ले अफका खेल सुरु हुनेछ भने फाइनल खेल असोज २३ गते हुनेछ।


प्रकाशित: Oct 03, 2021| 11:17 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।