सोमबार, असार २२, २०८३

राष्ट्रिय फुटबल यू-२३ टिमबाट १० खेलाडी बाहिरिए

नेपाली राष्ट्रिय यू-२३ फुटबल टिमबाट १० खेलाडी बाहिरिएका छन्। यू २३ टिमका प्रशिक्षक बालगोपाल महर्जनले ४२ जनाबाट घटाएर ३२ खेलाडी छनोट गरेका हुन्।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय यू-२३ फुटबल टिमबाट १० खेलाडी बाहिरिएका छन्। यू २३ टिमका प्रशिक्षक बालगोपाल महर्जनले ४२ जनाबाट घटाएर ३२ खेलाडी छनोट गरेका हुन्।

अहिले सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा ३२ खेलाडी बन्द प्रशिक्षणमा छन्।

गएको शुक्रबार बिहान नेपाली यू–२३ टिमले विभागीय टिम नेपाल पुलिस क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो। त्यसपछि खेलाडी संख्या घटाइएको हो।

अहिले नेपाली टिम आउँदो एएफसी यू–२३ एसियन कपको छनोटका तयारी गरिरहेका छन्। सो छनोट खेलमा नेपालले अब इरान, लेबनान र ताजकिस्तानसँग समूह बिमा परेको छ।

अब छनोटमा नेपालले अक्टोबर २५ मा इरानसँग, अक्टोबर २८ मा ताजकिस्तानसँग र अक्टोबर ३१ मा लेबनानसँग खेल्नेछ। यी सबै खेल दुशानबेको राष्ट्रिय रंशालामा हुनेछ।

नेपाली टिम

सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, अशिम भुसाल, रणदीप पौडेल, विश्वास उदास, विशाल बस्नेत, रोमन लिम्बु, आदिल हमिद, अशोक थापा, अनिल महर्जन, अभिषेक लिम्बु, शिव गुरुङ, नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आंगदेम्बे, दिपेश गुरुङ, राजीव लोपचन, शिशिर लेखी, आकाश बुद्ध मगर, रोशन पहाडी, रितिक खड्का, मनीष डांगी, अभिषेक रिजाल, दर्शन गुरुङ, बुद्ध बाल तामाङ, एरिक विष्ट

गोलकिपर : अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल र रोहित कार्की

प्रकाशित: Oct 03, 2021| 10:52 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।