आइतबार, माघ ४, २०८२

प्ले अफको आशा कायम राख्दै चेन्नईविरुद्ध राजस्थानको जित

चेन्नई सुपर किंग्सका खेलाडी रितुराज गायक्वडको सतकका बाबजुद राजस्थान रोयल्सले जित निकाल्दै उसले प्ले अफको आशा बचाएको छ।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं- चेन्नई सुपर किंग्सका खेलाडी रितुराज गायक्वडको सतकका बाबजुद राजस्थान रोयल्सले जित निकाल्दै उसले प्ले अफको आशा बचाएको छ। शनिबार रातिको खेलमा उसले चेन्नईलाई ७ विकेटले हराएपछि उसले प्ले अफको आशा बचाएको हो।

National life

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा १८९ रनको सानदरा पारी खेलेको थियो। जहाँ रितुराज गायक्वडले १०१ रनको सतकीय पारी खेलेर अविजित रहे।

यससँगै १८९ रन बनाएर चेन्नईले १९० रनको लक्ष्य प्रस्तुत गरेको थियो। त्यहाँ राजस्थानका राहुत तेबतियाले तीन र चेतन सक्रियाले एक विकेट लिए।

जवाफी ब्याटिङमा शिवमु दुवेले ६४, यसश्वी जैसवालले ५०, सन्जु समसनले २८ र इभिन लेविसले २७ रन बनाएपछि १७.३ ओभरमै तीन विकेट गुमाएर राजस्थानले निर्धारित १९० रनको लक्ष्य पुरा गरेको थियो।

चेन्नईका श्रर्दुल ठाकुरले २ र केएम असिफले एक विकेट लिए। यो जितसँगै राजस्थानले १२ खेलबाट १० अंक बनाएको छ। यता शीर्षस्तानको चेन्नई र दोस्रो स्थानको दिल्ली क्यापिटल भने प्ले अफमा पुगिसकेका छन्।

Laxmi sunrise bank
kumari

तालिकामा तेस्रो स्थानको बैंगलोरको १४ अंक छ भने बाँकी चार टिमको समान १०–१० अंक छ। तालिकाको पुछारमा रहेको हैदराबदको भने चार अंक छ।

प्रकाशित: Oct 03, 2021| 09:05 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।