सोमबार, असार २२, २०८३

ईपीएलमा ललितपुरलाई प्ले अफका लागि ‘फाइट’ गर्ने अन्तिम मौका

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा जारी एभरेस्ट प्रिमियर लिग ईपीएलमा आज दुई खेल हुँदैछन्।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काटमाठौं– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा जारी एभरेस्ट प्रिमियर लिग ईपीएलमा आज दुई खेल हुँदैछन्।

पहिलो खेलमा लिग चरणबाटै बाहिरिसकेको विराटनगर वारियर्सले काठमाडौं किंग इलेवेनको सामना गर्नेछ।

त्यस्तै, अर्को खेलम चितवन टाइगर्सले ललितपुर प्याट्रिओट्सको सामना गर्दैछ।

आजको दुवै खेल निकै महत्त्वपूर्ण छन्। किनभने विराटनगरले लिगमा अहिलेसम जित निकालेको छैन। र, उसको एक खेल मात्र बाँकी रहेको छ। त्यसैले विराटनगर कमसेकम सान्त्वना जित निकालेर बाहिरिन चाहन्छ।

यता काठमाडौं किंग्सका लागि प्ले अफमा पुग्न आजको जित अनिवार्य छ। काठमाडौंले एक खेल बार बेहोरिसकेको कारण उसलाई प्ले अफमा पुग्नका लागि पनि जित निकाल्नै पर्ने छ।

त्यसैले आजको खेले निकै टक्कारको हुनेछ। त्यस्तै शीर्षस्थानको चितवनले ललितपुरको सामना गर्दैछ। चितवन अहिलेसम्म अपराजित रहेकाले उसले पनि सोही लय कायम राख्न चाहन्छ।

तर ललितपुरको भने चार खेलबाट ३ अंक मात्र छ। ए यो सिजनमा ले अफमा पुग्नका लागि यो खेलमा जित अनिवार्य छ। उसले जित निकाल्न नसकेमा लगभग उसको बहिर्गमन निश्चित जस्तै छ। त्यसैले कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर आज  जितको दबाबसहित मैदान उत्रने छ।

प्रकाशित: Oct 03, 2021| 08:41 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।