बिहीबार, असोज २२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गगनले भने- आगामी निर्वाचनमा कम्युनिस्टहरुसँग एक्लै चुनाव लडेर जित्‍ने तागत राख्‍नुपर्छ

गगनले भने- आगामी निर्वाचनमा कम्युनिस्टहरुसँग एक्लै चुनाव लडेर जित्‍ने तागत राख्‍नुपर्छ

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आगामी निर्वाचनमा कम्युनिष्टहरुसँग एक्लै चुनाव लडेर जित्‍ने तागतका साथ कांग्रेस अघि बढ्नुपर्ने बताएका छन्।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आगामी निर्वाचनमा कम्युनिष्टहरुसँग एक्लै चुनाव लडेर जित्‍ने तागतका साथ कांग्रेस अघि बढ्नुपर्ने बताएका छन्।

पार्टीको काठमाडौं महानगरपालिका अधिवेशनको उद्घाटन गर्दै शनिबार नेता थापाले कांग्रेस नेतृत्व परिवर्तन हुनुपर्ने आवश्यक्ता औंल्याएका छन्। 

उनले कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउन, कोहीसँग मिलेर होइन एक्लै सात कम्युनिष्टहरु एक भएर आएपनि आगामी निर्वाचनमा जित्नुपर्ने अवस्था कांग्रेसको रहेकाले सोही अनुसार कांग्रेसलाई शुद्ध र सुदृढ बनाउन आफूहरु लागि परेको बताए।

नेता थापाले भने, ‘कोहीसँग मिलेर होइन, सात कम्युनिष्ट एक भएर आयो भने पनि जित्‍ने तागतका साथ आगामी महाधिवेशनले नेतृत्व चयन गर्नुपर्ने हुन्छ। त्यसका लागि कांग्रेसलाई छोटो समयमा शुद्ध र सुदृढ गर्न आवश्यक हुन्छ।’

नेता थापाले नेपाली जनताले भरोसायोग्य कांग्रेसको नेतृत्व चाहिरहेको दाबीसमेत उनले गरेका छन्। उनले मुलुकलाई कम्युनिष्टहरुको कहरबाट बचाउन पनि नेपाली कांग्रेसको पार्टी जीवनमा आमूल परिवर्तन गर्न आवश्यक रहेको दोहोर्‍याएका छन्। 


 

प्रकाशित: Oct 02, 2021| 15:15 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...