आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेस महाधिवेशनः गाउँ–नगरका लागि मोरङमा दुवै पक्षको प्यानल नै मनोनयन

Siddartha premir insuranceSiddartha premir insurance

कांग्रेस महाधिवेशनः गाउँ–नगरका लागि मोरङमा दुवै पक्षको प्यानल नै मनोनयन

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न हुन गइरहेको मोरङका गाउँ–नगर पालिकाहरुको अधिवेशनका लागि जिल्लाका सबै स्थानीय तहमा सभापति सहितका उम्मेदवारहरुले शुक्रबार मनोनयन दर्ता गरेका छन्।
 |  शुक्रबार, असोज १५, २०७८
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शुक्रबार, असोज १५, २०७८

विराटनगर– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न हुन गइरहेको मोरङका गाउँ–नगर पालिकाहरुको अधिवेशनका लागि जिल्लाका सबै स्थानीय तहमा सभापति सहितका उम्मेदवारहरुले शुक्रबार मनोनयन दर्ता गरेका छन्। 

triton college

जिल्लाका कही स्थानीय तहमा सभापति सहितका पदाधिकारी नेताहरुको पहलमा सर्वसम्मत छनौट भएपनि अधिकांश स्थानमा दुई छुट्टाछुट्टै प्यानल सहितका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन्। 

शुक्रबार बेलुका ४ बजेसम्मको जानकारी अनुसार जदाह र केराबारी गाउँपालिका तथा उर्लाबारी नगरपालिकामा सभापति सहितका पदाधिकारीहरु सर्वसम्मत भएका छन्। अन्य पालिकाहरुमा पनि सर्वसम्मतका लागि पहल भइरहेको स्थानीय नेताहरुले जानकारी गराएका छन्। 

जदाहमा महेन्द्र मण्डलसहित सबै पदाधिकारीहरुमा सर्वसम्मत भएको छ। मण्डल देउवा समूहका हुन्। उर्लाबारीमा सुरेन्द्र लिम्बु सहित (सचिव बाहेक) सबै पदमा सर्वसम्मत भएको छ। लिम्बु पौडेल समूहका हुन्। केराबारीमा पनि सभापति सहित सबै पदमा सर्वसम्मत भएको छ। केराबारीमा सभापतिमा प्रकाश बस्नेत सभापतिमा सर्वसम्मत भएका हुन्। उर्लाबारी र केराबारीका सर्वसम्मत दुबै सभापतिहरु पौडले समूहका डा शेखर कोइरालाको समर्थन रहेको छ । 

विराटनगर महानगरपालिकामा दीपक चापागाई, सन्तोष न्यौपाने, कृष्ण कार्की र अरुण न्यौपानेले सभापतिमा मनोनयन दर्ता गरेका छन् । जसमा चापागाई कांग्रेसको पौडेल सूहका शेखर कोइरालाको समर्थन रहेको छ भने शन्तोष न्यौपाने देउवा समूहबाट मनोनयन दर्ता गराएका हुन्। त्यस्तै कार्कीले आफूलाई कृष्ण प्रसाद सिटौला लाइनको बताउँदै आएका छन् । 

Metro Mart
vianet

त्यस्तै कटहरी गाउँपालिकामा रामकुमार कामत, हरिनारयण माझी र शम्भु साहले सभापतिमा मनोनयन दर्ता गरेका छन् । जसमा कामतलाई पौडेल समूहको महेश आचार्यहरुको समर्थन रहेको छ भने माझी देउवा समूहका उम्मेदवार हुन् । 

बुढीगंगामा जीत बहादुर थापा र रेवती नारयण चौधरीले सभापतिमा मनोनय दर्ता गराएका छन्। जसमा थापालाई डा शेखर कोइरालाको समर्थन रहेको छ भने चौधरीलाई देउवा समूहको समर्थन रहेको छ । 

उता रङ्गेली नगरपालिकामा सभापतिमा जितनारायण खवास र जगनाथ मण्डलले मनोनयन दर्ता गराएका छन्। यी दुबै देउवा समूहका भएपनि खवास देउवा समूहका दिलिप गच्छदारका जुवाइ हुने भने मण्डल सोही समूहका अमृत अर्याल निकट रहेको बुझिएको छ। खवासलाई पौडेल समूहका डा मिनेन्द्र रिजालहरुको समर्थन रहेको छ।

त्यस्तै धनपालथानमा सबै पदाधिकारीहरुमा सर्वसम्मत भएपनि सभापतिमा दिपकवीर पाण्डे र वासुदेव रायको उम्मेदवारी दर्ता भएको छ। सुनवर्षी नगरपालिकामा महेश्वर राजवंशी, कमलकिशोर सिंह बैजनाथ झाले सभापति पदमा मनोनयन गरेका छन्। जसमा कमलकिशोर सिंह देउवा समूहका हुन् तर सिंह बलिया उम्मेदवार भएकाले मिनेन्द्र रिजालले सिंहकै पक्षमा सर्वसम्मत गर्ने पहल गरिरहेको बुझिएको छ। 

त्यस्तै रतुवामाईमा सभापतिमा पदमा कन्यैलाल राजवंशी र पोष्ट बहादुर बस्नेतले मनोनयन दर्ता गराएका छन्। तर, कन्यैलालको पक्षमा सर्वसम्मत गराउने पहल भइरहेको बुझिएको छ। सुन्दर हरैचामा महेन्द्र धिमाल र भक्ति सिटौलाले सभापतिमा मनोनयन दर्ता गराएका छन्। जसमा धिमाल देउवा समूहका हुन् भने सिटौला कोइराला निकट हुन् । 

बेलबारीमा सभापतिमा छत्र लिम्बु र शम्भु भट्टराईले मनोनयन गरेका छन्। जसमा लिम्बु पौडेल समूहका हुन् भने भट्टराई देउवा समूहका हुन्। त्यस्तै मिक्लाजुङमा बबि राई र अरुण विक्रम बस्नेतले सभापतिमा मनोनयन दर्ता गराएका छन् । मिक्लाजुङमा सभापति बाहेक सबै पदमा सर्वसम्मत भएको छ । 

 पथरी शनिश्चरेमा सभापतिमा इश्वर थापा, लोकमान खरेल र रुपनारायण भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । जसमा खरेल देउवा समूह, भट्टराई पौडेल समूहका डा शेखर कोइराला र थापालाई पौडेल समुहकै महेश आचार्यहरुको समर्थन रहेको बताइएको छ ।

प्रकाशित: Oct 01, 2021| 18:47 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।