शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेको निष्कर्ष- कांग्रेस मुख्य प्रतिस्पर्धी, माओवादी अवसरवादी र मधेसी दल संकीर्ण

एमालेको निष्कर्ष- कांग्रेस मुख्य प्रतिस्पर्धी, माओवादी अवसरवादी र मधेसी दल संकीर्ण

कपा एमालेले ढुलमुले र यथास्थितिवादी भए पनि नेपाली कांग्रेस नै आफ्नो मुख्य प्रतिस्पर्धी रहेको निष्कर्ष निकालेको छ।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं– नेकपा एमालेले ढुलमुले र यथास्थितिवादी भए पनि नेपाली कांग्रेस नै आफ्नो मुख्य प्रतिस्पर्धी रहेको निष्कर्ष निकालेको छ। पार्टीको विधान महाधिवेशनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा कांग्रेसलाई मुख्य प्रतिस्पर्धी भनिएको छ।

ओलीले भनेका छन्, ‘नेपाली काङ्ग्रेसको दलाल पुँजीवादी वर्ग चरित्र, नवउदारवादी पुँजीवादी बाटो, यथास्थितिवाद र राष्ट्रियताका विषयमा ढुलमुले एवं सम्झौतापरस्त क्रियाकलापप्रति हाम्रो विरोध छ। यो पार्टी हाम्रो मुख्य प्रतिस्पर्धी पार्टी हो।’

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले अस्थिर, अवसरवादी र विभाजनकारी भनेका छन्। उनले भनेका छन्, ‘माओवादी केन्द्र, मूलतः ‘प्रचण्ड’ का अस्थिर, अवसरवादी एवं विभाजनकारी सोच र व्यवहारप्रति हाम्रो विमति छ।’ यस्तै ओलीले मधेस केन्द्रित दलको संकीर्ण, यथास्थितिवादी एवं राष्ट्रियताका विषयलाई असर पु¥याउने सोच र गतिविधिप्रति असहमति रहेको बताएका छन्।

यस्तै कतिपय दलले राजतन्त्र फर्काउन चाहेको र कतिले धर्मलाई राजनीतिक हतियार बनाउन चाहेको ओलीको भनाइ छ। उनले भनेका छन्, ‘यसमा हाम्रो आपत्ति र विरोध छ। तर बहुदलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व हासिल गर्ने नीति लिएको पार्टीले कुनै दल विशेषलाई प्रमुख दुश्मन घोषणा गर्ने जस्ता कम्युनिस्ट आन्दोलनका अतिवादी गल्तीबाट भने मुक्त रहनुपर्छ।’

प्रकाशित: Oct 01, 2021| 16:18 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...