काठमाडौं– नेकपा एमालेमा अब उपमहासचिव पद नरहने भएको छ। लतिपुरमा जारी एमालेको विधान महाधिवेशनमा वितरण गरिएको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद नरहने उल्लेख छ। नयाँ विधानअनुसार एमालेमा उपाध्यक्ष ५ जना र सचिव ६ जना रहने व्यवस्था गरिएको छ। यसअघि दुई जना उपमहासचिव थिए।
यस्तै यसअघि सात सचिव रहने व्यवस्था रहेकोमा अब ६ सचिव मात्रै रहनेछन्। नयाँ प्रस्तावमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, सचिव ६ र सदस्य २१२ समेत गरी कुल २२५ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरिएको छ।
प्रदेश कमिटीका अध्यक्षहरूलाई केन्द्रीय कमिटीको पदेन सदस्य रहने व्यवस्था एमाले संशोधित विधानमा रहेको छ।