शुक्रबार, भदौ ५, २०८३

एमाले विधान महाधिवेशनमा अध्यक्ष मण्डल अनुमोदन [नामावलीसहित]

ललितपुरको गोदावारीमा जारी विधान महाधिवेशनको अध्यक्ष मण्डलमा अध्यक्ष ओली, उपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, स्थायी समिति सदस्यहरू रामबहादुर थापा, सुवास नेम्बाङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा रहेका छन्।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं– एमालेको विधान महाधिवेशनका लागि अध्यक्ष केपी ओलीको अध्यक्षतामा अध्यक्ष मण्डल अनुमोदन गरिएको छ।  ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनको अध्यक्ष मण्डलमा अध्यक्ष ओली, उपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, स्थायी समिति सदस्यहरू रामबहादुर थापा, सुवास नेम्बाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेका छन्।

यसैगरी प्रस्ताव मस्यौदा कमिटीमा भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, यामलाल कँडेल, राजन भट्टराई, पदमा अर्याल र लीला भण्डारीको नाम अनुमोदन गरिएको छ। सुझाव अध्ययन कमिटीमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, विन्दा पाण्डे, ठाकुर गैरे, शिवमाया तुम्बाहाम्फे र ज्वाला साह छन्।

बहस नोट कमिटीमा मणिचन्द्र थापा, भानुभक्त ढकाल, विष्णु रिजाल, गोविन्द नेपाली, मनोजजंग थापा, दिलबहादुर थापा, सीता सन्दास, सरोज यादव रहेका छन् भने प्रचार कमिटीमा योगेश भट्टराई, खिमलाल भट्टराई र सूर्य थापा छन्। महाधिवेशन उद्घाटन समारोहमा यी सबै कमिटीलाई अनुमोदन गरेको छ।

प्रकाशित: Oct 01, 2021| 13:45 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...