शुक्रबार, भदौ ५, २०८३

मोरङका पालिकाहरूमा आजदेखि कांग्रेस निर्वाचन प्रक्रिया सुरु

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङका स्थानीय तहहरूमा शुक्रबारदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

विराटनगर– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङका स्थानीय तहहरूमा शुक्रबारदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ। शनिबार १७ वटै स्थानीय तहमा निर्वाचन हुने कार्यतालिका प्रकाशित गरिसकिएको प्रमुख निर्वाचन अधिकृत केदार कार्कीले बताए। 

मनोनयनका लागि सभापतिका उम्मेदवारले ५ हजार, उपसभापति र सचिवका उम्मेदवारले ३ हजार, सहसचिव र सदस्यका लागि २ हजार शुल्क तोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन समितिले विराटनगर महानगरपालिकाको अधिवेशनका लागि नेपाली कांग्रेसको पार्टी कार्यालयलाई मतदान केन्द्र तोकेको कांग्रेस मोरङ सचिव मोदरा घिमिरेले बताए। 

अधिवेशनको कार्यसूची अनुसार शुक्रबार बिहान ११ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। शनिवार ८ बजेदेखि मतदानको समय तोकिएको छ। विराटनगर महानगरको अधिवेशनका लागि ६ सय ३४ जना क्षेत्रीय प्रतिनिधि रहेका छन्। गाउँ/नगरमा सभापति एक, उपसभापति, सचिव र सहसचिव २–२ जना निर्वाचित हुनेछन्।

यसैबीच विराटनगर ११ मा शिक्षक रामसुन्दर राजवंशी सभापतिमा निर्वाचित भएको भन्दै उच्च अदालतमा उनीसँग पराजित सञ्जय नेपालले रिट दायर गरेका छन्। शिक्षकविरुद्धको मुद्दामा उच्चले शुक्रबार नै छलफलका लागि बोलाएको छ। 

उच्चमा मुद्दा परेकाले विराटनगरको अधिवेशन प्रभावित हुने हो की भन्ने आशंका पनि रहेको एक नेताले बताए। राजवंशी विराटनगर १८ को राम आधारभुत विद्यालयका शिक्षक हुन्। प्रदेश १ का मोरङ बाहेक १३ वटा जिल्लामा यसअघि नै गाउँ/नगरको अधिवेशन सम्पन्न भएको छ।

प्रकाशित: Oct 01, 2021| 08:14 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...