शुक्रबार, भदौ ५, २०८३

गोपाल सिग्देललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद्को बैठकपछि कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद्को बैठकले जेनेभामा आयोजना हुने विश्व व्यापार संगठन (डब्ल्यूटिओ)को १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन स्वीकृत दिने निर्णय समेत गरेको जानकारी दिए।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं- सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ। बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को बैठकपछि कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद्को बैठकले जेनेभामा आयोजना हुने विश्व व्यापार संगठन (डब्ल्यूटिओ)को १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन स्वीकृत दिने निर्णय समेत गरेको जानकारी दिए।

सरकारले इन्टरपोलको ८९औँ महासभामा भाग लिन स्वीकृति दिने निर्णय गरेको समेत उनले जानकारी दिए। 'यसका साथै विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाहरुका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ,’ मन्त्री कार्कीले भने। 

प्रकाशित: Sep 30, 2021| 17:57 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...