मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा, किन रोकियो मन्त्रिपरिषद् विस्तार? [२०७८-६-१३]

प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा, किन रोकियो मन्त्रिपरिषद् विस्तार? [२०७८-६-१३]

यसअघि राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण कानुनी अड्चन आउन सक्ने भन्दै रोकिएको मन्त्रिपरिषद् विस्तारको कार्य अहिले मन्त्रालय भागबन्डाका कारण अलमलमा परेको हो।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

भागबन्डाको अलमलमा मन्त्रिपरिषद् विस्तार

यसअघि राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण कानुनी अड्चन आउन सक्ने भन्दै रोकिएको मन्त्रिपरिषद् विस्तारको कार्य अहिले मन्त्रालय भागबन्डाका कारण अलमलमा परेको हो।

राजनीतिक दलसँग सम्बन्धित अध्यादेशका विषयमा सर्वोच्च अदालतले अन्तरिक आदेश दिन अस्विकार गरेसँगै सत्ता साझेदार सबै दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने बाटो खुलेको थियो। सोहि बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भन्दै सबै दलसँग मन्त्रीहरुको नाम समेत मागेका थिए। 

तर, कुन मन्त्रालय कुन दलले पाउने भन्ने विषयमा कुरा नमिल्दा सत्ता साझेदार दलहरुले मन्त्रीको नाम अझै दिएका छैनन्। जसका कारण आज हुने भनिएको मन्त्रिपरिषद् विस्तार अझै २/३ दिन पर धकेलिएको बालुवाटार स्रोतले जनाएको छ।

गठबन्धनबीच कांग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५/५ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति बनेको छ। तर, समाजवादी र जसपाबीच अझै मालदार मन्त्रालयमा कुरा मिलिसकेको छैन।

मन्त्रिपरिषद् विस्तारको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अज बुधबार पनि देउवाले छलफल गरेका थिए। तर मन्त्रालयकै विषयमा कुरा नमिल्दा छलफल निष्कर्षमा पुग्न नसकेको स्रोतको दाबी छ। प्रधानमन्त्री देउवा नेतृत्वमा गठबन्धनको सरकार बनेको साढे दुई महिना पूरा भइसकेको छ। तर, अझै १६ मन्त्रालय नेतृत्व बिहिन छन्। 

प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ। 

साईकल खरिद प्रक्रियामा अनियमितता भएको र साईकल पनि गुणस्तर नभएको उजुरी परेपछि आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो जनकपुरस्थित प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेको हो। टोलीले सो सम्बन्धि कागजातसहितको प्रमाण मुख्यमन्त्री कार्यालयबाट लिएर छानवीनको कामलाई पनि सुरु गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। उनले साईकल खरिद र त्यसको गुणस्तरका सम्बन्धमा परेको उजुरीलाई आधार मानेर मुख्यमन्त्री कार्यालयबाट सम्बन्धित कागजातसहितको प्रमाण लिएर छानवीनको काम सुरु गरिएको पनि स्पष्ट पारे। 

आयोगले प्रदेश २ को सरकारले छोरीहरुलाई विद्यालय पढाउने कार्यलाई प्रेरित गर्न ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम संचालन गरेको छ। सो कार्यक्रम अन्तर्गत बालिकाहरुलाई साईकल वितरण गरिन्छ। उक्त साईकल खरिद र वितरणमा अनियमितता भएको उजुरी आयोगमा परेको थियो। 

यसैबीच, प्रदेशको सर्वोच्च निकायमा अख्तियार सिधै छापा हानेर बद्नाम गर्न खोजेको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असन्तुष्टि ब्यक्त गरेका छन्। बिना प्रमाण समाचार छापिने, त्यसको केहि समयमै अख्तियार आएर छापा हान्ने, यो सबै बद्नाम गर्ने खेल हो उनले सञ्चारकमीसँग कुरा गर्दै भने। अख्तिारले अधिकार क्षेत्रभन्दा बाहिर गएर काम गरेको उनको आरोप छ। 

सबै जहाजको अध्ययन गरिने

सरकारले नेपालमा सञ्चालनमा रहेका जहाजको भौतिक, यान्त्रिकलगायतको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछानेको संयोजकत्वमा छानविन समिति गठन भएको हो। समितिले नेपालमा सञ्चालन हुने वायुयानको भौतिक र यान्त्रिक अवस्थाको अध्ययन, अनुसन्धान गरी सुझाव दिने पर्यटन मन्त्रालयले जनाएको छ। समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल र पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल सदस्य र प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा सदस्य सचिव तोकिएका छन्।

नेपालमा सञ्चालित वायुसेवा कम्पनीका हवाइजहाज र हेलिकप्टरमा समस्या देखिएका बेला सरकारले वायुयानहरुको अध्ययन गर्न समिति बनाएको हो। सोमबार मात्रै बुद्ध एयरको जहाजको ल्याडिङ गियरसँग सम्बन्धित समस्याका कारण विराटनगर विमानस्थल पुगेर पनि काठमाडौं फर्काइएको थियो। यसले हवाइ क्षेत्रको प्रभावकारिता तथा विश्वसनीयता बढाउन सहयोग पुग्ने मन्त्रालयको भनाइ छ। 

केवल टीभी टेलिभिजन व्यवसायीका माग सम्बोधन गर्ने प्रतिबद्धता 

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएकी छिन्।

बुधबार केवल टेलिभिजन व्यवसायी महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने बताएकी हुन्। उनले सरकारले सञ्चारलाई गाउँ–गाउँमा पुर्याउनु पर्ने काम निजी क्षेत्रले गरिरहेको बताइन्। मन्त्री भुसालले पेशागत जीवनमा परेका समस्या र चुनौतिहरुलाई सरकारले सकारात्मक ढंगले ग्रहण गर्ने र संवाद द्वारा केवल टेलिभिजन व्यवसायीहरुको मागको हल निकाल्ने बताइन्। 

मन्त्री भुसालले सबैको अभिभावक भएकाले सरकारले निजी र सामुदायिक क्षेत्रका र जनताका समस्याको समाधान गर्ने बताइन्। 

केवल टेलिभिजन व्यवसायीहरुले आफ्ना मुद्दालाई राज्यले सम्बोधन गर्नुपर्ने बताएका छन्। 

बुधबार सरकारको नीतिका कारण व्यवसायीहरुको व्यवसायमा परेको नकारात्मक प्रभावका विषयमा आयोजित केवल टेलिभिजन व्यवसायीहरुको राष्ट्रिय भेलामा व्यवसायीहरुले सरकारले आफ्ना मुद्दाहरुलाई सम्बोधन गर्नुपर्ने बताएका हुन्। व्यवसायीहरुले व्यवसायी मैंत्री र उपभोक्ता मैंत्री नीति ल्याउन जरुरी रहेको तर सरकारले सरोकारवाला निकायहरुसँग छलफल नै नगरी विरोध आउने किसिमका नीति ल्याएको बताए। उनीहरुले पोलसम्बन्धी भाडा बढाइएको कुराले अफ्ठ्यारोमाथि अफ्ठ्यारो थपेको बताए। कार्यक्रममा अन्य व्यवसायीहरुले कुलमान घिसिङ एउटा सफल र कुशल प्रशासक भए पनि उहाँमा दम्भ बढेको बताएका छन्। व्यवसायीले कुलमान घिसिङले आफ्नो दम्भका कारण केवल व्यवसायीहरुलाई मारमा पर्ने गरेर नीति ल्याएको बताए। 

विद्युत प्राधिकरणले पोलको भाडा ३५० प्रतिशत वृद्धि गरेपछि सरकारले सूचनाको हक खोस्न लागेको भन्दै केवल टेलिभिजन व्यवसायीहरुले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेर आन्दोलन गरिरहेका छन्। केवल टेलिभिजन व्यवसायी महासंघको आयोजनामा देशभरबाट ४ सय भन्दा बढी व्यवसायीहरु उपस्थित भएका छन्। 

२९ वर्षपछि ऐन लागू 

यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि सो निर्णय लागू भएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र सुदूरपश्चिममा पनि वितरण शुरु भएको हो। सुदूरपश्चिम प्रदेशमा डिजिटल सवारी चालक अनुमतिपत्र वितरण भएदेखि अनुमती पत्रका लागी १ वर्षसम्म कुनुपर्ने बाध्यता थियो। अब परिक्षणकालिन अनुमतीपत्र वितरण शुरु भएसँगै चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ। परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरिएको र यो अवधीमा ५ गल्ती गरेमा लाइसेन्स नै खारेज हुने यातायात व्यवस्था कार्यालय कैलालीका प्रमुख लक्ष्मण शाहले बताए। 

चालक अनुमतिपत्र वितरण शुरु भएसँगै १ वर्षसम्म चिट बोकेर सवारी चलाउनुपर्ने बाध्यता अन्त्य भएको छ। परीक्षणकालीन लाइसेन्स पाएपछि सेवाग्राहीले खुशी प्रकट गर्दै अब सवारीसाधन चलाउँदा केही सहज हुने प्रतिक्रिया दिएका छन्।

११५७ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १५७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षणबाट ८९२ जना र ३ हजार ८८९ एन्टिजेन परीक्षणबाट २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

यस्तै गत २४ घण्टामा देशभर कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १२३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुधबार १ हजार ११३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित रहेका छन्।

नहरमा मोटरसाइकल खस्दा ३ जनाको मृत्यु

जनकपुरमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आज चार बजेतिर जनकपुर–१८ भोइल भन्ने स्थानमा नहरमा खस्दा तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ज ९ प १९८२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। मोटरसाइकल औरहीबाट जनकपुरतर्फ आउँदै थियो। 

मृतकमध्ये एकजना जनकपुरधाम–११ बस्ने अन्दाजी २२ वर्षीय कुनालकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतको भनाइ छ। सवारी चालक अनुमतिपत्रका आधारमा उनको पहिचान गरिएको हो। अन्य दुई जनाको भने पहिचान खुलेको छैन।  

इक्वेडरमा गोली हानाहान

इक्वेडरको एक जेलभित्र भएका गोली हानाहान र ग्रिनेड प्रहार भएपछि २४ जनाको मृत्यु भएको छ।इक्वेडरको राष्ट्रिय प्रहरी ब्युरोले मुलुकको गुयाक्विलमा रहेको एक जेलमा दुई समूहबीच भएको भिडन्तमा कम्तीमा पनि ४२ जना घाइते भएको जनाइएको छ।

गुयाका गर्भनर पाब्लो अरोसेमेनाले मंगलबार पत्रकार सम्मेलनका क्रममा लिट्रोल जेलबाहिर सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएका छन्।

क्षेत्रीय प्रहरी कमाण्डर जनरल फाउस्तो बुइनानोले हाते ग्रिनेड प्रहार विस्फोट भएपछि मृत्यु हुनेको संख्या बढेको बताएका छन्। उनका अनुसार जेलभित्रै गोली चलेको, चक्कु प्रहार भएको र ग्रिनेड विस्फोट गराइएको पाइएको छ।

ललितपुरविरुद्ध पोखराको जित

एभरेस्ट प्रिमियर लिग ईपीएलमा पोखरा राइनोजले ललितपुर प्याट्रिओट्सलाई हराउँदै पहिलो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरले लगातार दोस्रो हार बेहोर्दा पोखराले पहिलो जित निकलेको हो। मौसमको खराबीका कारण ७ ओभरमा घटाइएको खेलमा पोक्गराले टस जितेर फिल्डिङ रोजेको थियो। 

ललितपुरले निर्धारित पूरा ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो। जवाफी ब्याटिङमा रिचार्ड लेभी ३८ रन सहयोगमा एक विकेट गुमाउँदै पोखराले तीन बल बाँकी राखेर ५५ रन बनाएर लक्ष्य पूरा गर्‍यो। यससँगै पोखराले ३ अंक बनाएको छ। ललितपुर अंकविहीन छ। खेलमा म्यान अफ द म्याच नन्दन यादव भए।

तेक्वान्दो अध्यषमा दीपक

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन्। 

बुधवार ललितपुरमा भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका रवीराज थापालाई विष्टले हराएका हुन्। नेपाली ओलम्पियन खेलाडीहरुको आधिकारीक संस्था ओलम्पियन्स संघको निर्वाचनमा १५ सदस्य नयाँ कार्यसमिति पनि चयन भएको छ। नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आवद्ध ओलम्पियन्स संघमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष भने निर्विरोध चयन भएको हो। 

समितिको महिला उपाध्यक्षमा संगिना वैद्य, महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा निर्विरोध चयन भएका हुन्। निर्वाचित भएपछि कार्यक्रममा बोल्दै दीपक विष्टले आफू संघमा राजनीति गर्न नआएको भन्दै यो समितिले काम गरेर देखाउने प्रण गरे। 

नव–निर्वाचित अध्यक्ष विष्टले यस काममा सबै जना मिलेर अघि बढ्नुपर्ने बताउँदै नेपाल ओलम्पिक कमिटीसँग राम्रो सम्बन्ध बनाउने र हातेमालो गरेर अघि बढ्ने बताए। 

भिडियोमा

प्रकाशित: Sep 29, 2021| 20:10 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।