सोमबार, फागुन १८, २०८२

धनगढीबाट पनि लाइसेन्स वितरण सुरु

यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि सो निर्णय लागू भएको छ।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं– यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि सो निर्णय लागू भएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र सुदूरपश्चिममा पनि वितरण शुरु भएको हो। सुदूरपश्चिम प्रदेशमा डिजिटल सवारी चालक अनुमतिपत्र वितरण भएदेखि अनुमती पत्रका लागी १ वर्षसम्म कुनुपर्ने बाध्यता थियो। अब परिक्षणकालिन अनुमतीपत्र वितरण शुरु भएसँगै चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ। 

परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरिएको र यो अवधीमा ५ गल्ती गरेमा लाइसेन्स नै खारेज हुने यातायात व्यवस्था कार्यालय कैलालीका प्रमुख लक्ष्मण शाहले बताए। उनले चालकको सहजताका लागि परीक्षा पास गरेपछि यस्तो लाइसेन्स दिने व्यवस्था गरिएको बताए।

चालक अनुमतिपत्र वितरण शुरु भएसँगै १ वर्षसम्म चिट बोकेर सवारी चलाउनुपर्ने बाध्यता अन्त्य भएको छ। परीक्षणकालीन लाइसेन्स पाएपछि सेवाग्राहीले खुशी प्रकट गर्दै अब सवारीसाधन चलाउँदा केही सहज हुने प्रतिक्रिया दिएका छन्।


kumari

प्रकाशित: Sep 29, 2021| 16:41 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।