बुधबार, वैशाख ५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मोसो बाँस जसले फलफूल र अन्य वनस्पतिभन्दा राम्रो आम्दानी दिन्छ

मोसो बाँस जसले फलफूल र अन्य वनस्पतिभन्दा राम्रो आम्दानी दिन्छ

नेपालका लागि यो नयाँ प्रजाति हो। बाँस बेचेर राम्रो आम्दानी गर्न सकिने भएकाले आकर्षण बढेको व्यवसायी बताउँछन्। ‘फलफूल र अन्य वनस्पतिभन्दा मोसो बाँस बेचेर राम्रो आम्दानी हुने देखिएको छ,’ काभ्रेको धनेश्वर बैकिवा सामुदायिक वन उपभोक्ता समितिका बद्री अधिकारी भन्छन्।
 |  बिहीबार, साउन १४, २०७८

महेश्वर आचार्य

महेश्वर आचार्य

बिहीबार, साउन १४, २०७८

काठमाडौं– बाँसको चोयाबाट बनाइएका डोका, डाला, थुन्से, भकारी, मान्द्रो, चित्रा प्रयोग गर्ने पुस्ता क्रमशः घट्दै छन्। बाँसको ढुंग्रोमा गाईभैंसीको दूध दुहुने प्रचलन बिस्तारै हराउँदै छ। मकै भुट्ने कप्टेरा र आगो फुक्ने ढुंग्री पनि बाँसबाटै बन्छन् भन्ने त अब धेरैले बिर्सिसकेको हुनुपर्छ। 

triton college

भान्सामा पाक्ने तामा र टुसा पनि बाँसकै हुन् भन्दा सहरी क्षेत्रका नयाँ पुस्ता अचम्ममा पर्लान्। पहाडी वा तराई क्षेत्रमा सुक्खायाममा हरियो घाँसका रूपमा बाँसको पात गाईबस्तुलाई खुवाउने चलन छँदैछ। बाँसका फर्निचर धेरै पहिलादेखि प्रयोगमा छन्।  विवाह, व्रतबन्ध र अन्य धार्मिक अनुष्ठानमा बाँसको लिंगा अनिवार्य छ। मरेपछि हरियो बाँसको खटमा राखेर घाट लैजाने प्रचलन अधिकांश जातजातिमा छ। निर्माण सामग्रीका रूपमा बाँसको प्रयोग अनिवार्य सरह छ। शुभकार्य होस् वा मृत्यु संस्कार, नेपाली जनजीवनसँग निकट वनस्पति हो बाँस। त्यसैले बाँसबारे अपरिचित नेपाली सायदै होलान्।

नेपालमा परम्परागत रूपमा बाँसको खेती हुँदै आएको छ। विगतमा खोल्सातिर पहिरो रोक्न र बार बार्ने उद्देश्यले बाँस रोप्ने गरिए पनि व्यावसायिक खेतीचाहिँ धेरै पछि मात्र भएको हो। ७३ जिल्लामा विभिन्न प्रजातिका बाँस पाइने अध्येता बताउँछन्। ‘नेपालमा १२ प्रकार र ५० भन्दा बढी प्रजातिका बाँस पाइएको छ,’ बाँसबारे अध्ययन गरेका संरक्षणकर्मी अभिनय पाठक भन्छन्, ‘७३ जिल्लामा बाँस भेटिएको छ।’ रैथाने बाँसका प्रजातिमा तामा, धनु, कट, तरु, मुरली, भालु, तास, कोभी, मालिंगोलगायत हुन्।

नेपालका लागि यो नयाँ प्रजाति हो। बाँस बेचेर राम्रो आम्दानी गर्न सकिने भएकाले आकर्षण बढेको व्यवसायी बताउँछन्। ‘फलफूल र अन्य वनस्पतिभन्दा मोसो बाँस बेचेर राम्रो आम्दानी हुने देखिएको छ,’ काभ्रेको धनेश्वर बैकिवा सामुदायिक वन उपभोक्ता समितिका बद्री अधिकारी भन्छन्।

पछिल्लो समय भने ‘मोसो बाँस’ को आकर्षण बढ्दै गएको छ। नेपालका लागि यो नयाँ प्रजाति हो। बाँस बेचेर राम्रो आम्दानी गर्न सकिने भएकाले आकर्षण बढेको व्यवसायी बताउँछन्। ‘फलफूल र अन्य वनस्पतिभन्दा मोसो बाँस बेचेर राम्रो आम्दानी हुने देखिएको छ,’ काभ्रेको धनेश्वर बैकिवा सामुदायिक वन उपभोक्ता समितिका बद्री अधिकारी भन्छन्। उक्त वनमा मोसो बाँस लगाइएको छ। नेपालमा २०६४ सालदेखि मोसो बाँसको प्रवर्धन थालिएको हो।

corrent noodles
Metro Mart

२०६४ सालमा धनेश्वरको बैकिवा सामुदायिक वनको चरीचरणको खुला क्षेत्रमा तारबार घेरेर आधा हेक्टरमा मोसो बाँसको बिरुवा रोपिएको थियो। हुर्कन एक दशकभन्दा बढी समय लागे पनि यसको परिणाम राम्रो देखिएको विज्ञ बताउँछन्। ‘मार्केट डिभलपमेन्ट अफ बम्बो एन्ड र्याटन बिथ पोटेनसिएल प्रोजेक्ट’अन्तर्गत मोसो बाँस प्रवर्धनमा लागेका वन अनुसन्धान तथा प्रशिक्षण विभागका प्राविधिक राजाराम अर्याल हुर्काउन केही गाह्रो भए पनि परिणाम राम्रो देखिएको बताउँछन्।

कास्कीको काहुडाँडास्थित धारापानी सामुदायिक वनमा लगाइएको मोसो बाँस। 

‘२०६२ देखि सुरु गरिएको मोसो बाँस प्रवर्धनले १३ वर्षमा उत्पादन दिन थालेको छ,’ अर्याल भन्छन्, ‘नेपालमा अब यसको भविष्य राम्रो देखिन्छ।’ सुरुका वर्ष बाँसको टुसा मुसाले खाइदिँदा समस्या भएको थियो। मुसा मार्ने औषधिलगायतका विधि अपनाइएपछि बाँस हुर्कन थाल्यो। अर्याल भन्छन्, ‘मुसाबाट टुसा जोगाउनुपर्छ। बिरुवा अलि ठूलो भएपछि बँदेलले दुःख दिन सक्छ।’

मोसो बाँसलाई पाँच वर्ष लगातार दिनदिनै पानी हाल्नुपर्छ। यद्यपि धनेश्वरमा भने सधैं पानी हाल्न नसकएिको अधिकरी बताउँछन्। ‘उत्तरतिरको चिसो पाखोमा लगाएको चाहिँ सप्रियो,’ अधिकारीले भने, ‘दक्षिणतिरको सुक्खा र पारिलो ठाउँको भने उति सप्रिएन।’ समय–समयमा मल हाल्ने र वर्षको दुई पटक गोडमेल गरेर बिरुवा हुर्काइएको अधिकारीले बताए। तीनतीन मिटर दुरीमा २०६४ मा धनेश्वर बैकिवा सामुदायिक वनको आधा हेक्टर क्षेत्रफलमा बाँसका पाँच सय बिरुवा रोपिएको थियो।

‘सुरुको बिउ सरकारी स्तरबाट चीनबाट ल्याइएको थियो। नर्सरी बनाउनै नसकिएको हुँदा सुरुका चार वर्ष हामी असफल भयौं। यसको जरा दुबोजस्तै फैलिन्छ त्यसलाई काटेर नर्सरी बनाउन खोज्दा नर्सरी बनेन। बिउ झिकाएर नर्सरी बनाउनु असम्भवजस्तै थियो,’ अर्यालले भने, ‘अब भने राम्रो लक्षण देखिएको छ।’

बाँसले गर्दा रसायो मूल

मोसो बाँस रोपेपछि धनेश्वर क्षेत्रको मूल पनि रसाउन थालेको छ। ‘स्थानीय तारु बाँस, तामा बाँसले माटोलाई सुक्खा बनाउने गरेको थियो भने यस बाँसले माटोलाई चिसो बनाइराख्ने गरेको देखियो,’ अधिकारी भन्छन्, ‘अब पानीको मूल पनि संरक्षित भएको छ।’

वन क्षेत्रमा फैलिएको बाँसलाई स्थानीयले पनि प्रवर्धन गर्ने गरेको अधिकारी बताउँछन्। ‘सुरुमा तारबार गरेर मोसो बाँस लगाएका थियौं। अहिले तारबार बाहिर पनि फैलिएको छ,’ अधिकारी भन्छन्, ‘स्थानीय पनि जता जान्छ जाओस् भन्न थालेका छन्।’

पोखराको काहुडाँडाको धारापानी सामुदायिक वनले पनि मोसो बाँस लगाएको छ। धारापानी सामुदायिक वन उपभोक्ता समूह काहुँडाडा कास्कीले धनेश्वरको सामुदायिक वनबाटै मोसो बाँसको बिरुवा लगेर रोपेको हो।

‘अहिले भने हामीले मूल फुट्ने र चिसो ठाउँमा लगाएका छौं। रामैसँग सप्रेको छ। दुई वर्ष जतिमा त तयारी हुन्छ।’

समूहले मोसो बाँस लगाएको तीन वर्ष भएको छ। हालसम्मको प्रगति सन्तोषजनक भएको समूहका सहसचिव राजेश कार्कीले बताए। ‘सुरुमा अनुभव नहुँदा सुक्खा ठाउँमा लगाएको बिरुवा राम्रोसँग सप्रेन,’ कार्कीले भने, ‘अहिले भने हामीले मूल फुट्ने र चिसो ठाउँमा लगाएका छौं। रामैसँग सप्रेको छ। दुई वर्ष जतिमा त तयारी हुन्छ।’

कार्कीले आफूहरुले झण्डै दुई हेक्टर जमिनमा दुई सय पचास बिरुवा लगाएको बताए। ‘सुरुको बिरुवा हामीले अनुदानस्वरुप पाएका थियौं भने दोस्रो पटकको बिरुवा जिल्ला वन डिभिजन कार्यालयको सहकार्यमा खरिद गरेर लगाएका हौं,’ कार्कीले भने।

के हो मोसो बाँस?

मोसो बाँस पहेंलो रङको हुन्छ। अन्य बाँसमा हुने जस्तो खोक्रोपन यो बाँसमा हुँदैन। आँख्ला छोटो हुने भएकाले भाँच्चिँदै। कडा हुन्छ। साथै यो बाँसमा धमिरा पनि लाग्दैन। यो प्रजातिको बाँस नुहुदैन। यसको जरा माटोभित्रै फैलिएर जान्छ। भदौतिर आउने टुसा सानो हुन्छ भने चैत १५ देखि वैशाख १५ सम्म आउने टुसा ठूलो हुन्छ।

बिरुवा तयार गर्न दुई वर्ष लाग्छ। एउटा बाँसको बिरुवा ९० रुपैयाँदेखि १ सय २५ सम्म पर्छ। यसलाई पानी नजम्ने जग्गा चाहिन्छ। ‘१४, १५ घण्टा पानी जम्यो भने बिरुवा सखाप हुने रहेछ, ठूलो बाँस पनि मर्दोरहेछ,’ अधिकारी भन्छन्। यसको टुसा स्वादिष्ट र पौष्टिक गुणले युक्त हुन्छ।

मोसो बाँसको माग राम्रो रहेको अधिकारी बताउँछन्। ‘हाल हामीले डोको डालो बनाउनेहरुलाई यो बाँस बेचिरहेका छौं,’ अधिकारी भन्छन्, ‘त्यस्तै तरकारी खेती गर्न टनेल बनाउन र च्याउ खेती गर्न छाप्रो बनाउन पनि यो बाँसको माग हुन्छ।’ मोसो बाँसको नर्सरी विस्तार गर्ने योजनामा कोरोना महामारी तगारो बनेको अधिकारीले बताए। ‘मैले ५ हजार बिरुवा तयारी गर्ने गरी नर्सरी विस्तारको योजना बनाएको थिएँ तर कोरोनाले गर्दा योजना पूरा होला जस्तो छैन,’ अधिकारीले भने।

आकार हेरी मोसोको विभिन्न उपयोग हुने गरेको छ। सबभन्दा सानो बाँस तरकारी बालीमा थांग्रा बनाउन प्रयोग हुन्छ। मध्यम आकारको बाँस घर बनाउन वा अन्य निर्माण कार्यमा खट बनाउन प्रयोग हुन्छ भने ठूलो आकारको चाहिँ घरटहरा बनाउन दलिनका रुपमा प्रयोग हुन्छ।

सामुदायिक वनका लागि यो उच्चतम फाइदा हुने वनस्पतिका रूपमा देखिएको छ’, अधिकारी भन्छन्। यो निरन्तर उम्रिरहने हुँदा ‘इन्डलेस प्रडक्ट दिइरहने प्रजाति’ भएको बताउँदै अर्याल भन्छन्, ‘समुदायलाई राम्रो आर्थिक टेवा पुर्याउने प्रजाति हो।’

‘सामुदायिक वनका लागि यो उच्चतम फाइदा हुने वनस्पतिका रूपमा देखिएको छ’, अधिकारी भन्छन्। यो निरन्तर उम्रिरहने हुँदा ‘इन्डलेस प्रडक्ट दिइरहने प्रजाति’ भएको बताउँदै अर्याल भन्छन्, ‘समुदायलाई राम्रो आर्थिक टेवा पुर्याउने प्रजाति हो।’ यसलाई खास ठूलो मेहनत पनि गर्नु पर्दैन सामान्य गोडमेल र गाईबस्तुको मल हाल्दा हुन्छ।

‘२०७४ मा धनेश्वरमा नर्सरी बनाइएपछि यसको सक्सेस रेट बढेको छ,’ अर्याल भन्छन्, ‘यो बाँस व्यवस्थापनमा सहज छ। झाँगिँने प्रजातिको अन्य बाँसमा घना झाँगिएर व्यवस्थापन गर्न गाह्रो हुन्थ्यो भने यसमा भने एक्ला एक्लै हुने हुँदा व्यवस्थापना गर्न सजिलो हुन्छ।’

बर्सेनि बढ्दो छ आम्दानी

‘मोसो बाँस बेचेर यो वर्ष ३० हजारको आम्दानी भयो,’ धनेश्वर बैकिवा सामुदायिक वन उपभोक्ता समूहका अधिकारी भन्छन्, ‘बाँस बेचेर अघिल्लो वर्ष १७ हजार र त्यसअघि १६ हजार भएको थियो। ठूलो राम्रो बाँस प्रतिगोटा २ सय देखि ३ सयसम्ममा बिक्री हुन्छ।’ आधा हेक्टर क्षेत्रफलमा लगाइएको वनस्पतिबाट वार्षिक ३० हजार आम्दानी हुनु धेरै राम्रो हो। राम्रो बाँस झण्डै ४४ सेमी मोटो र अग्लोमा ६३ मिटरसम्म भएको अधिकारी बताउँछन्।

‘नेपालका मध्यपहाडी क्षेत्रमा फलफूल लगाउनुभन्दा उत्तरी पाखो भएको ओसिलो जग्गामा यो बाँस लगाउनु धेरै हिसाबले उपयुक्त देखिएको छ,’ अधिकारी भन्छन्, ‘बाँदरको डर पनि भएन।’

भूक्षय रोक्न र कार्बनडाइअक्साइड सोस्न बाँस

विश्वमा बाँसको प्रयोग मुख्यतया ६ प्रकारले भएको देखिने पाठक बताउँछन्। ‘निर्माण कार्यका लागि, कृषि औजारका रूपमा, हस्तकलाका रूपमा, तरकारीका रूपमा, भूक्षय नियन्त्रणका लागि र ऊर्जाका रूपमा बाँसको प्रयोग हुने गरेको छ,’ पाठक भन्छन्, ‘यसबाहेक बाँस वातावरणीय दृष्टिकोणले पनि निकै उपयोगी छ। बाँसले अन्य प्रजातिका वनस्पतिभन्दा चार गुणा बढी कार्बनडाइअक्साइड शोषण गर्दछ।’

थुप्रै एसियाली मुलुकमा भूस्खलन रोक्न बाँस प्रभावकारी मानिएको छ। बाँसको जरा बाक्लो, फराकिलो र गहिराइसम्म जाने भएकाले माटोलाई समातेर राख्छ र माटोलाई बग्नबाट रोक्छ ।

भूस्खलन र पहिरो रोकी भू–संरक्षण गर्न र जैविक इन्जिनियरिङका लागि पनि बाँस खेती उत्तम विधि मानिन्छ । भारत, जापानलगायत मुलुकमा पनि बायो इन्जिनियरिङमा बाँसलाई प्राथमिकता दिइएको छ। नेपालमा पनि राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले भूस्खलन रोक्न बाँस लगाउने कार्यक्रमलाई व्यापक रुपमा अघि बढाएको थियो। वन प्राविधिक हस्तबहादुर थापाले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले बाँसको प्रवर्धन गरेपछि पूर्वदेखि पश्चिमका निजी तथा सरकारी नर्सरीमार्फत बाँसको प्रवर्धन भएको बताए।

‘चुरे क्षेत्रमा बाँस प्रवर्धन गरिएको भए पनि पानी भएको ठाउँमा सप्रियो भने पानी नभएको ठाउँमा भने सप्रन सकेन,’ थापाले भने, ‘नेपालका लागि नयाँ प्रजाति मोसो बाँसलाई सुरुमा स्याहार चाहिन्छ। बजारमा काठको विकल्प र उपयोगिताको दृष्टिले प्रभावकारी भएकाले हाम्रा सामुदायिक वनलाई उत्तम प्रजाति हुन सक्छ।’

हरियो सुन पनि भन्ने गरिएको बाँसका ५३ प्रजाति नेपालमा पाइन्छन्। नेपालमा पहाड, मध्यपहाड र तराइका सबै ठाउँमा बेत–बाँसका लागि उपयुक्त हुने विज्ञ बताउँछन्। ‘बाँस यस्तो प्रजातिको वनस्पति हो जुन प्रायः सबै प्रकारको हावापानी, भूगोल र मौसममा उम्रन सक्छ। बाँस तातो आद्रतादेखि लिएर धेरै जाडो हावापानी भएको ठाउँ तथा मौसममा पनि फस्टाउन सक्छ’, पाठक भन्छन्।
३ मिटरदेखि ३० मिटरसम्म अग्लो हुने बाँसका विश्वमा हालसम्म १४ सय प्रजाति पत्ता लागेको छ भने पाँच सय प्रजातिको व्यावसायिक खेती गर्ने गरिन्छ।

प्रकाशित: Jul 29, 2021| 02:41 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।