सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नकआउटमा पुग्‍न संघर्ष गर्दै ३ देश : स्पेन र पोर्चुगल सफल होलान् ?

नकआउटमा पुग्‍न संघर्ष गर्दै ३ देश : स्पेन र पोर्चुगल सफल होलान् ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज सोमबारबाट समुह चरणको तेस्रो खेल सुरु हुँदैछ । नकआउट चरण प्रवेशको अन्तिम ढोका मानिने तेस्रो खेलमा आज ८ देश भिड्दै छन् ।  

आज हुने ४ खेलमा समुह ए र समुह बी मा रहेका देशबीच प्रतिस्प्रर्धा हुनेछ । समुह ए बाट नकआउट चरणमा प्रवेश गर्ने देशहरुको टुङ्गो लागिसकेकाले समुह बी रहेका ४ देशका लागि आजको खेल महत्वपूर्ण हुनेछ । 

आज हुने पहिलो खेलमा समुह ए मा रहेका उरुग्वे र रसिया भिड्नेछन् । समारा एरिना रंगशालामा नेपाली समयअनुसार बेलुका ७ः४५ मा हुने खेलबाट समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ । यी दुबै टोली अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । 

समुह ए मा नै रहेका साउदी अरब र इजिप्टबीचको खेल पनि आजै हुदैछ । यी दुई टोलीको खेल पनि नेपाली समयअनुसार बेलुका ७ः४५ मा नै सुरु हुनेछ । दुवै राष्ट्र प्रतियोगिताबाट बाहिरिसकेकाले यो खेल प्रतिष्ठाको लडाइ मात्र हुनेछ ।
 
साउदी अरब पहिलो खेलमा आयोजक रूससँग ५–० तथा दोस्रो खेलमा उरुग्वेसँग १–० ले पराजित भएको थियो । इजिप्ट भने पहिलो खेलमा उरुग्वेसँग १–० र रसियासँग ३–१ ले स्तब्ध भएको थियो ।   

रोचक मानिएको समुह बी को आज हुने खेलले भने नकआउट चरणमा प्रवेश गर्ने टिमको टुङ्गो लगाउने छ । नेपाली समयअनुसार राती ११ः४५ मा चारै टोलीको खेल हुने छ  । 

मोर्डोभिया एरिना सारांस्क रंगशालामा पोर्चुगल र इरान आमने हुँदा कालिनिन्गराड रंगशालामा स्पेन र मोरक्को भिड्ने छन् ।

 समुहबाट इरान बाहिरी सकेको छ भने मोरक्को, पोर्चुगल र स्पेन अघिल्लो चरण प्रवेशको होडमा छन् । आजको खेलबाट एक टोली बाहिरीने छ भने दुई राष्ट्र अघिल्लो चरण प्रवेश गर्नेछन् । 

एक खेल बरारबी र एक खेलमा जित हात पारेका पोर्चुगल र स्पेन दुबैको समान ४ अंक छ । मोरक्कोले भने एक खेलमा जित र एक खेलमा हार बेहोर्दै ३ अंक बलुटेको  छ । दुई खेल गुमाएको इरानले आफ्नो खातामा एक अंक पनि जोड्न सकेको छैन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।