सोमबार, असार २९, २०८३

कोलम्बियाले पोल्याण्डलाई समुह चरणबाटै घर पठायो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- पोल्याण्ड विश्वकप फुटबल प्रतियोगिताको समुह चरणबाटै बाहिरिएको छ । जारी समुह चरणको दोस्रो खेलमा पनि पराजित भएसंगै पोल्याण्ड समुह चरणबाटै घर फर्किन बाध्य भएको हो ।
 
पहिलो खेलमा सेनेगलसँग २-१ गोलले पराजित भएको युरोपेली टोली पोल्याण्लाई दोस्रो खेलमा दक्षिण अमेरिकी टोली कोलम्बियाले ३-० नमिठो हार चखाएको छ ।

यो हारसंगै पोल्यान्ड एक खेल खेल्नु अघि नै घर फर्किने निश्चित भएको छ । पोल्याण्डले समूहको २ खेलबाट अंक जोड्न सकेको छैन भने आजको जितपछि कोलम्बियाको ३ अंक भएको छ ।

आइतबार राती भएको खेलमा पोल्याण्ड कोलम्बियासंग ३-० गोल अन्तरले पराजित भयो । कोलम्बियालाई खेलको ४०औँ मिनेटमा येरी मिनाले अग्रता दिलाएका थिए ।

पहिलो हाफ एक शून्यको अवस्थामा सकिएको थियो भने दोस्रो हाफमा कोलम्बियाले थप दुई गोल र्गयो । दोस्रो हाफमा कोलम्बियाका राडामेल फल्काओले ७०औँ र ७५ औँ मिनेटमा जुआन चुवाड्राडोले जाली चुमाएका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।