एजेन्सी- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत जारी समुह चरणको दोस्रो खेलमा जापान र सेनेगलले बराबरी खेलेका छन् । आइतबार राती भएको खेलमा २–२ गोलको बराबरी खेलेका दुबै टोलीले १–१ अंक बाडेका छन् ।
समूहगत चरणको पहिलो खेलमा जापानले कोलम्बियालाई र सेनेगलले पोल्यान्डलाई पराजित गरेको थियो । बराबरीसँगै दुवै टोलीले चारचार अंक जोडेका छन् । अघिल्लो चरण प्रवेशका लागि दुबै टोलीको सम्भावना बलियो दखिएको छ ।
अब समुह चरणको तेस्रो खेलमा जापानले पोल्याण्डसंग खेल्ने छ भने सेनेगलले कोलम्बियाको सामाना गर्नेछ । याे खेलमा जीत वा बराबरी गरे दुबै देश अघिल्लाे चरण प्रवेश गर्नेछन् ।
रुसको इकाटेरिनवर्ग एरिनामा एशियाली प्रतिस्पर्धी जापानले अफ्रिकी मुलुक सेनेगलबिरुद्ध शानदार खेल प्रदर्शन गरेको थियो । दुई पटकसम्म अग्रता लिएर पनि सेनेगलले खेलमा जित हासिल गर्न सकेन ।
खेलको पहिलो गोल सेनेगलका सादियो मानेले ११औँ मिनेटमा गोल गरेर अग्रता लिए । जसलाई जापानका टाकासी इनुइले ३४औँ मिनेटमा बराबरी गरेका थिए ।
सेनेगलले १९ वर्षीय मोउसा वागुइले ७१औँ मिनेटमा गरेको गोलको मद्दतमा अग्रता लियो । उक्त अग्रतालाई पनि जापानका केइसुके हुन्डा ७८औँ मिनेटमा गोल गरेर बराबरी गरे । उक्त गोल नै खेलको अन्तिम गोल भयो र खेल बराबरीमा सकियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४