आइतबार, वैशाख २७, २०८३

कुसुमको ‘काफल पाक्यो’ सार्वजनिक (भिडियोसहित)

कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ।
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

National life

काठमाडौं– कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ।

दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन पुरस्कार विजेता साहित्यकार राजन मुकारुङको रहेको छ। दिनेश बान्तवा र राजन मुकारुङ जोडीको सहकार्य रहेको ‘हुरुक्कै भएँ म’ यसअघि नै हिट गीतको सूचीमा परिसकेको छ।

कुसुम गुरुङको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको ‘लाइभ भिडियो’ रीमा फिल्मस्को स्टुडियोमा छायाङ्कन गरिएको हो। कुसुमलाई कोरसमा गायिकाद्वय सविना योङहाङ र सुनिता संयकले साथ दिएका छन् । भिडियो मिराज अर्यालले तयार पारेका हुन् ।

प्रकाशित: Jul 23, 2021| 08:44 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्