काठमाडौं- जारी विश्वकप फुटबलमा इंग्ल्याण्डले पानामालाई दबाबमा राखेको छ । पहिलो हाफ सकिँदा इंग्ल्याण्डले पाँच गोलको अग्रता लिएको छ ।
खेलको आठौ मिनेटमा पहिलो गोल गरेका जे स्टोन्सको अग्रतालाई दोब्बर बनाउँदै टोलीका कप्तान केनले पेनाल्टी मार्फत गोल अन्तरलाई दोब्बर बनाएका थिए ।
त्यसपछि खेलको ३६ औ मिनेटमा लिंगाडले तेस्रो गोल गरेका थिए । खेलको ३९ औ मिनेटमा फेरि स्टोन्सले दोस्रो गोल गर्दै दुई टीमबीचको अन्तर चार शुन्य बनाएको छ ।
त्यसपछि पाएको पेनाल्टीमा फेरि कप्तान केनले पाँचौ गोल गरे । यो गोल केनको व्यक्तिगत चौथो गोल हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४