काठमाडौं - विश्वकप २०१८ अर्न्तगत शनिबारसम्म सम्पन्न २८ खेलमा १४ पेनाल्टी भएका छन् । यो अन्य वर्षको विश्वकपको तुलनामा एकदमै धेरै हो । यदी यही अनुपातमा जाने हो भने, यस वर्षको विश्वकपमा जम्मा ३२ पेनाल्टी हुने अनुमान गरिएको छ । सन् २००२ मा अहिलेसम्मकै सबैभन्दा धेरै १८ पेनाल्टी भएका थिए ।
यस वर्ष भएका जम्मा १४ पेनाल्टीमा ११ पेनाल्टीबाट सफल गोल भएको छ भने तीनवटा चुकेका छन् । जसमा अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीको 'मिस' पेनाल्टी अहिले चर्चामा छ । मेस्सीले आइसल्याण्डविरुद्धको खेलमा पाएको पेनाल्टीलार्इ उपयोग गर्न सकेनन् र एक-एक गोलको बराबरीमा खेल रोकियो ।
विश्वकप इतिहासमै पहिलोपटक भिडियो एसिस्टेन्ट रेफ्रिरी (भीआर) को प्रयोग गरिएकोले पिन पेनाल्टीको संख्या बढेको हुन सक्ने अनुमान गरिएको छ ।
अहिलेसम्म भएको म्याचमा भएका पेनाल्टीहरु
- क्रिस्टियानो रोनाल्डो ( र्पोचुगल भसेर्स स्पेन ) सफल
- एन्टोनी गेरिजम्यान (फ्रान्स भसेर्स अस्ट्रेलिया) सफल -भीआर रिभ्यु
- माइल्स जेडिनाक ( अस्ट्रेलियाको लागि अस्ट्रेलिया भसेर्स फ्रान्स) सफल
- लियोनल मेस्सी ( अर्जेटिना भसेर्स आइस्ल्यान्ड) असफल
- त्रिस्टियन क्युभा (पेरू भसेर्स डेनमार्क) असफल -भीआर रिभ्यु
- लुका मोड्रिक ( क्रोयसिया भसेर्स नाइजेरिया) सफल
- एन्ड्रास ग्रान्क्युभिस्ट ( स्डिेन भसेर्स साउथ कोरिया ) सफल -भीआर रिभ्यु
- फेर्जानी सासी ( टुयुनेसिया भसेर्स इङल्गान्ड ) सफल
- सान्जी कागावा ( जापान भसेर्स कोलम्बिया ) सफल
- मोहमद् सालाह ( इजिप्ट भसेर्स रूस) सफल
- मिले जेडिनाक ( अस्ट्रेलिया भसेर्स डेनमार्क) सफल -भीआर रिभ्य
- ग्याल्फ सिग्रडसन ( आइल्यान्ड भसेर्स नाइजेरिया ) असफल -भीआर रिभ्यु
- इडेन हार्जाड ( बेल्जियम भसेर्स ट्युनेसिया भी आर ) सफल
- कार्लास भेला ( मेक्सिको भसेर्स साउथ कोरिया ) सफल
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४