बुधबार, चैत ११, २०८२

अर्जेन्टिनी क्याम्पमा विद्रोह : अब मेस्सीले खेलाडी छान्‍ने !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी : 'गर या मर'को अवस्थामा पुगेका अर्जेन्टिनाका खेलाडीहरुले प्रशिक्षकविरुद्ध विद्रोह गरेका छन् । प्रशिक्षक जर्ज साम्पाओलीको गलत निर्णयका कारण गतिलो प्रदर्शन गर्न नसकेको भन्दै खेलाडीहरुले उनीविरुद्ध विद्रोह गरेका हुन् । 

क्रोएसियाविरुद्धको खेलमा हार बेहोरेपछि प्रशिक्षक साम्पाओलीले खेलाडीहरुमाथि दोष थोपरेका थिए । प्रशिक्षकको व्यबहारबाट रुष्ट बनेका खेलाडीले उनीविरुद्ध विद्रोह गरेका हुन् । उनीहरुले प्रशिक्षक साम्पाओलीलाई खेलाडी छनोट नै गर्न नदिने गरि अधिकार विहिन बनाउने तयारी गरेका छन् । 

आइसल्याण्डसंग बराबरी खेलेको अर्जेन्टिनाले समुह चरणको दोस्रो खेलमा क्रोयसियासंग ३–० गोल अन्तरले पराजित भएको थियो । उसले सन् १९५८ पछि पहिलो पटक समुह चरणमा यति धेरै लजास्पद हार बेहोरेको हो । 

लगातार खराब प्रदर्शन गरेको अर्जेन्टिनाले असार १२ गते हुने समुह चरणको आफ्नो अन्तिम खेलमा नाइजेरियालाई फराकिलो गोल अन्तरले पराजित गर्नै पर्नेछ । यदि नाइजेरियालाई पराजित गर्न नसकेको खण्डमा अर्जेन्टिना समुह चरणबाटै घर फर्किनु पर्नेछ । 

यस्तो बाध्यतामा टिम रहेका बेला खेलाडीहरुले प्रशिक्षकविरुद्ध विद्रोह गर्दै खेलाडी छनोट समेतको अधिकार खोस्न लागेका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार खेलाडीहरुले यस विषयमा अर्जेन्टिनी फुटबल एसोसिएसनका म्यानेजर जर्ज बुरुचागासँग पनि छलफल गरेका छन् ।

सन् १९८६ मा विश्वविजेता अर्जेन्टिनी टोलीका सदस्य रहेका रिकार्डो जिउस्टीले बुरुचागासँग आफूले पनि कुरा गरेको र अब नाइजेरियाको खेलअघि खेलाडीहरुसँग छलफल गरिने दाबी गरे ।

उनका अनुसार नाइजेरियासंगको खेलमा सम्पूर्ण निर्णय आफू लिन पाउने छैनन् । यसका लागि उनले लियोनल मेस्सी र ह्याभियर मास्चेरानोसँग छलफल गर्नुपर्ने छ ।

अर्जेन्टिनी फुटबल एसोसिएसनले नाइजेरियासंगको खेलमा कप्तान मेसीलाई खेलाडी छनोटको अधिकार दिन सक्ने बताइएको छ । तर, यसको निर्णय भने भएको छैन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।